विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । भिजन इनर्जी एण्ड पावर कम्पनी लिमिटेडले ५७.५ मेगावाट विद्युत जोडिने १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण गर्ने भएको छ । कम्पनीले निर्माणाधीन जलविद्युत आयोजनाको विद्युत प्रवाह हुने २४ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्न लागेको हो ।

कम्पनीले रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकाको वडा नम्बर १ देखि गोकुलगंगा गाउँपालिकाको वडा नम्बर १ मा रहेको नेपाल विद्युत प्राधिकरणको गर्जाङ सबस्टेसनसम्म प्रसारण लाइन निर्माण गर्नेछ ।

विद्युत विकास विभागले प्रसारण लाइन निर्माण गर्न कम्पनीको नाममा अनुमति दिने प्रकृया अन्तिम चरणमा पुर्याएको छ । विभागले विद्युत ऐन २०४९  को दफा ४ को व्यवस्था अनुसार विद्युत नियमावली २०५० को नियम १५ बमोजिम कम्पनीलाई अनुमतिपत्र दिन लागेको हो । कम्पनीलाई अनुमति पत्र दिन विभागले ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ ।

विभागले अनुमतिपत्र दिनुअघि प्रसारण लाइन निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरबारे सम्बन्धित सरोकारवालासँग राय÷सुझाव मागेको छ । विभाग तथा कम्पनीको कार्यालयमा आइपुग्ने गरी सरोकारवालाबाट राय÷सुझाव मागिएको हो ।

लाइनमा ८४ वटा टावर रहनेछ । लाइनको काम सुरु भएको ३ वर्षमा पूरा हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit