विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल आयल निगमलाई अहिले पनि पेट्रोलियम पदार्थ आयात गरी बिक्री वितरण गर्दा मासिक ४ अर्ब रुपैयाँ घाटा भइरहेको छ । अन्तर्राष्ट्रिय बजारको तुलनामा भारतीय आयल कर्पोरेशन (आइओसी) बाटमहंगोमा खरिद गरी सस्तोमा बिक्री वितरण गर्नु परेका कारण निगमले घाटा बेहोर्दै आएको हो ।

अहिलेको घाटा २ साताअघिको घाटाको तुलनामा भने केही कम हो । पछिल्लो समय मासिक २५ अर्बको पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन, खाना पकाउने ग्यास लगायतका पेट्रोलियम पदार्थ आयात गर्दा मासिक करिब ४ अर्ब घाटा थपिँदै गएको निगमका प्रवक्ता बिनितमणि उपाध्यायले बताए ।

‘अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्ना साथ भारतीय आयल कर्पोरेशनले पनि मूल्य बढाएर नेपाल पठाउँछ,’ उनले ऊर्जा खबरसँग भने, ‘त्यसकाे असर नेपालमा पनि स्वतः पर्न जान्छ । पछिल्लाे १ महिनामा उताबाट  २ पटक मूल्य घटेर आए पनि घाटा चुलिएकाले मूल्य घटाउन सकिएकाे छैन ।’

उनले अहिलेको अवस्थामा १५ दिनको घाटा मात्रै २ अर्ब रुपैयाँ पुग्ने गरेको बताए । निगमले निरन्तर घाटामा गएका बेला संचित कोषको रकमबाट भारतीय आयल कर्पोरेशनलाई भुक्तानी दिएको उनले बताए ।

 निगमले ठूलो घाटामा रहेका भन्दै पछिल्लो पटक भारतीय आयल कर्पोरेशनले पेट्रोलियम पदार्थको मूल्य सूची केही घटाएर पठाए पनि स्थानीय बजारमा मूल्य स्थिर राखेकाे छ। अहिलेलाई निगमको घाटा स्थिर राख्नलाई मूल्य नघटाएको उनले बताए ।

निगमले गत कात्तिक २४ गते समायोजन गरेकाे पछिल्लो मूल्य सूची अनुसार अहिले पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १३६ रुपैयाँ डिजेल/मट्टीतेल प्रतिलिटर ११९ रुपैयाँ, आन्तरिक हवाइ इन्धन प्रतिलिटर १०१ रुपैयाँ एवं अन्तर्राष्ट्रिय हवाई इन्धन प्रतिकिलो लिटर ८९५ अमेरिकी डलर छ । खाना पकाउने ग्यासको मूल्य १५७५ रुपैयाँ छ ।

यो मूल्यमा बिक्री गर्दा पेट्रोलमा प्रतिलिटर १०.३५ रुपैयाँ, डिजेलमा ७.४४ रुपैयाँ तथा खाना पकाउने एलपि ग्यासमा प्रतिलिण्डर ७५८.२५ रुपैयाँ घाटा भइरहेको निगमको दाबी छ । निगमका अनुसार अहिलेको मूल्य सूचीमा बिक्री गर्दा मट्टीतेलमा प्रतिलिटर १६.६२ रुपैयाँ, हवाई इन्धन (अन्तर्राष्ट्रिय) मा २२.४८ रुपैयाँ र आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ७.४९ रुपैयाँ घाटा छ । 

पछिल्लो पटक घटेर आएको मूल्य अनुसार स्थानीय बजारमा घटाएर मूल्य समायोजन नगरेकै कारण १५ दिनमा हुने २ अर्ब ४० करोड ५४ लाख रुपैयाँ बराबरको घाटालाई खुम्च्याएर २ अर्बमा सिमित राख्न सकिएको निगमले जनाएको छ । भारतीय आयल कर्पोरेशनबाट कात्तिक ३० र मंसिर १५ मा गरी २ पटक पेट्रोलियम पदार्थको मूल्य सूची घटाएर पठाएकाे थियाे ।

यसअघि भारतीय आयल कर्पोरेशनबाट कात्तिक १५ मा प्राप्त मूल्य सूची अनुसार मूल्य बढाएर स्थानीय बजारमा पेट्रोलियम पदार्थ बिक्री वितरण गर्दा निगमको १५ दिनको घाटा २ अर्ब ६२ करोड रुपैयाँसम्म पुगेको थियो । मासिक घाटा ५ अर्ब २४ करोड रुपैयाँ पुगेको थियो । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit