काठमाडौं । नेपाल आयल निगम (एनओसी) ले भोलि बिहान १ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मटितेलको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशन (आइओसी) ले मूल्य बढाएर पठाएको हुँदा स्वचालित मूल्य प्रणाली अनुसार यस्तो निर्ण भएको जनाएको छ ।
निगमको आज साउन ३० गते बसेको सञ्चालक समितिको निर्णय अनुसार आइओसीले पेट्रोल र डिजेलमा क्रमशः ३.८५ र ११.२५ रुपैयाँ बढाएर पठाएको हुँदा सोही अनुसार समायोजन गरिएको जानकारी गराइएको छ । काठमाडौं उपत्यकामा यसअघि पेट्रोल प्रतिलिटर १७३ रुपैयाँ रहेकोमा अब १७८ रुपैयाँ हुनेछ ।