विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
गहिरिँदो खानेपानी समस्या, स्वच्छ ऊर्जा आपूर्ति र खाद्य सुरक्षाबीचको बहस

काठमाडौं । विश्वमा पानी र ऊर्जा सुरक्षा एवम् यसको दिगोपनको जति आवश्यकता तथा महत्त्व बढ्दै गएको छ त्यति नै खाद्य सुरक्षाको प्रत्याभूति गर्नुपर्ने मुद्दा टड्कारो रूपमा उठिरहेको छ । यही विश्व सन्दर्भलाई जोड्दै मंगलबार काठमाडौंमा दुई दिने (मंसिर २० र २१ गते) अन्तरक्रिया कार्यक्रम सुरु गरिएको छ ।

एसिया वाटर काउन्सिल, कोरिया र स्मार्ट वास सोलुसन, काठमाडौंद्वारा संयुक्तरूपमा आयोजित कार्यक्रमको पहिलो दिन अबको विश्वमा जल, ऊर्जा र खाद्य सुरक्षालाई एकीकृतरूपमा जोडेर लैजानुपर्नेमा विचार विमर्श गरिएको छ । जलवायु परिवर्तनका कारण अपरिहार्य भइसकेको स्वच्छ तथा हरित ऊर्जा, विश्वको बढ्दो जनसंख्या र यसलाई चाहिने खाद्य सुरक्षा एक आपसमा नगाँसिएसम्म कुनै पनि देशको सन्तुलित विकास हुन सम्भव नरहेको विज्ञहरूले बताएका छन् ।

कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव मणिराम गेलालले अबको विश्वमा जल, ऊर्जा र खाद्य अति महत्त्वपूर्ण भइसकेको बताए । ‘यी तीन चिजको अन्तरआवद्धता यति निकटरूपमा जोडिँदै गएको छ कि, हामीले चाहेर पनि अलग्याउन सक्दैनौं,’ उनले भने, ‘हामीले द्रुत विकासको रणनीति बनाइरहँदा यी तीन पक्षलाई अति निकट राखेर योजना तथा कार्यक्रम तय गर्नुपर्छ ।’

बढ्दो जनसंख्याका लागि पानी, ऊर्जा र खाद्य सम्प्रभुत्ता कसरी कायम गर्ने भन्ने पक्षमा छलफल गरिरहँदा फेरि पनि यी तीन चिजलाई अलग्याएर जान नसकिने उनले दोहोर्याए । यो नेपालकै हकमा समेत अति महत्वपूर्ण रहेको र यसले सुमधुर भू–राजनीतिक सम्बन्ध कायम गर्न समेत विशेष भूमिका खेल्ने उनको धारणा थियो । यही रणनीति अनुसार नेपाल सरकारले काम गरिरहेको उनले प्रस्ट्याए ।

कार्यक्रमको उद्घाटन सत्रमा पूर्वविज्ञान तथा वातावरण मन्त्री गणेश साहले अब हरेक व्यक्तिले पानीको समुचित खपत गर्दै बचतमा समेत ध्यान दिनुपर्ने बताए । सन् २०५० सम्म विश्वको जनसंख्या ९ अर्ब पुग्ने अनुमान गरिएको उल्लेख गर्दै उनले भने, ‘१ अर्ब भन्दा बढी जनसंख्या चरम भोकमरिबाट गुज्रिने आकलन छ । यसका लागि आजैबाट उपचार खोज्न विश्वभरबाट प्रयास गर्नुपर्छ ।’ ऊर्जा र पानीलाई जोड्न सकियो भने मात्र यसको समुचित निदान हुन सक्ने उनको धारणा थियो ।

यसैगरी, कार्यक्रममा पूर्वऊर्जा सचिव सुमनप्रसाद शर्माले हरेक दिन स्वच्छ खानेपनीको आपूर्ति, कृषिका लागि सिँचाइ, हरित ऊर्जा विकास र खाद्य सुरक्षा कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती थपिँदै गएको बताए । ‘ग्रामीण क्षेत्रका बालबालिका जसरी पोषणयुक्त खानाको अभावबाट गुज्रिरहेका छन् त्यसरी नै स्वच्छ खानेपानीको आपूर्ति सहज हुन नसकेको अवस्था छ,’ उनले भने, ‘अर्कोतर्फ, देशभित्र खाद्य उत्पादनको दर पर्याप्त मात्रामा बढ्न सकेको छैन । पहाडका खोतीयोग्य जमिनमा सिँचाइ पुर्याउन ‘लिफ्ट सिँचाइ’ महँगो छ ।’

कृषि क्षेत्रको सिँचाइमा सस्तो र भरपर्दो बिजुलीको अपरिहार्यता उतिकै रहेको हुँदा यसमा सरकार संवेदनशील भएर लाग्नुपर्ने उनको भनाइ थियो । प्रतिव्यक्ति ऊर्जा खपत ३०० किलोवाट घन्टा पनि नपुगेको अवस्थामा हरित ऊर्जा विकास गर्दै वातावरणीय सन्तुलन कायम गर्न उतिकै जरुरी रहेको शर्माको धारणा थियो । पानी, ऊर्जा र खाद्यबीच अन्तरआवद्धता मिलाउन यी क्षेत्रमा काम गर्ने निकायबीच निकट समन्वय जरुरी रहेको पनि उनले प्रस्ट पारे ।

नेपाललाई मात्र नभएर विश्वकै हकमा जल, ऊर्जा र खाद्यको अति महत्त्वपूर्ण भूमिका रहेको सन्दर्भ जोड्दै स्मार्ट वासका अध्यक्ष रामदीप साहले मानव जीवनको रक्षा र द्रुत आर्थिक विकासका लागि यसको विकल्प नरहेको बताए । ‘यी तीन चीजबीच बलियो सम्बन्ध रहेको र बढ्दो जनसंख्यासँग पानीका धेरै मुद्दाहरू जोडिँदै आएका छन्,’ उनले भने, ‘दिगो विकास र समृद्धिका लागि यी तीन चीजको आवद्धता नै अब विश्वका हरेक राष्ट्रले लिनुपर्ने आर्थिक विकासको मोडेल हुनुपर्छ ।’

कार्यक्रममा एसियन वाटर काउन्सिलका वरिष्ठ अधिकृत डा. शिनले खाद्य संकट, स्वच्छ ऊर्जा आपूर्ति र खानेपानी व्यवस्थापनमा दक्षिण कोरिया र नेपालको सहकार्यले महत्त्वपूर्ण काम गर्न सक्ने बताए । यो अन्तरक्रियाले भविष्यमा बाक्लो सहकार्य गरेर काम गर्न सक्ने आधार बनाउने पनि उनले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit