काठमाडौं । सरकारले आज (जेठ १५ गते) संसदका दुवै सदनमा पेश गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमा विद्युत क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको छ ।
बजेटले जलविद्युत उत्पादन, प्रसारण र ग्रामीण विद्युतीकरणलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको अर्थ मन्त्री जनार्दन शर्माले उल्लेख गरेका छन् । मन्त्री शर्माले अहिले सदनमा बजेट प्रस्तुत गरिरहेका छन्, आगामी आवको बजेट उत्पादनशील र रोजगारमुखी लक्षित गरिएको छ ।