विद्युत अपडेट

  • प्राधिकरण : ८५७८ मे.वा.घन्टा
  • सहायक कम्पनी : १४१७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४४८४ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २२९५३ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ६७३२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९६७ मे.वा.
२०८३ असोज २६, सोमबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन २५ मेगावाटको सेती नदी जलविद्युत आयोजनाको निर्माण ४० प्रतिशत पूरा भएको छ । प्रवद्र्धक भिजन लुम्बिनी ऊर्जा कम्पनीले ७ महिनाअघि सुरु गरेको आयोजनाको निर्माण तीव्र गतिमा अघि बढेको हो ।

अहिले बाँध, पाइप लाइन र विद्युतगृहका संरचनाको निर्माण धमाधम भइरहेको आयोजना प्रमुख लेखनाथ पाण्डेले बताए । उनका अनुसार बाँध क्षेत्रमा ‘इन्टेक’ र ‘सेटलिङ बेसिन’ निर्माण भइरहेको छ ।

आयोजनाको ६.२ किलोमिटर लामो पाइप बिछ्याउन जग खन्ने काम भइरहेको पनि उनले बताए । विद्युतगृहको जग पनि तयार हुँदैछ ।विद्युतगृहबाट विद्युत उत्पादन भई निकास हुने पानी फेरि नदीमा खसाल्ने टेलरेस पाइप लाइन निर्माण गर्नसमेत काम भइरहेको छ ।

कोरोना (कोभिड–१९) महामारीका कारणले आयोजनामा केही प्रभाव नपरेको पनि पाण्डेले जानकारी दिए । उनका अनुसार ३/४ जना कामदारलाई कोरोना संक्रमण देखिएपनि उनीहरुलाई आइसोलेनमा राखेर बाँकीले काम गरिरहेका छन् ।

नेपाल विद्युत प्राधिकरणले दिएको तालिकाअनुसार यो आयोजनाबाट २०७९ साल भदौदेखि विद्युत उत्पादन सुरु गर्ने लक्ष्य थियो । सरकारले कोरोना महामारीका कारण ढिलो भएका आयोजनाको निर्माण अवधि १ वर्ष थप गरिदिएकाले अब २०८० साल भदौदेखि विद्युत उत्पादन सुरु गर्ने नयाँ तालिका पाएको कम्पनीले जनाएको छ । तर, एक वर्षको सयमअवधि थप गरेपनि आयोजना आगामी चैत्रभित्र पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको पनि पाण्डेले बताए ।

आयोजना सम्पन्न भएपछि उत्पादन हुने विद्युत विद्युतगृहदेखि ५ किलोमिटर दुरीको लाहाचोक सबस्टेसनमा जोडिनेछ । आयोजना सम्पन्न गर्न ५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा एनएमबी बैंकको अगुवाईमा कर्मचारी संचय कोष र कृषि विकास बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन् ।

एनएमबीले २ अर्ब २० करोड, कर्मचारी संचय कोषले ८० करोड र कृषि विकास बैंकले ५० करोड रुपैैयाँ ऋण लगानी गरेका छन् । बाँकी ३० प्रतिशत अर्थात १ अर्ब ५० करोड रुपैयाँ स्वपुँजी लगानी छ ।

विद्युत प्राधिकरणले यो आयोजनाको विद्युत हिउँदमा प्रतियुनिट ८.४० रुपैयाँ र बर्खामा ४.८० रुपैयाँमा किन्ने गर्ने गरी विद्युत खरिद सम्झौता (पिपिए) गरेको छ । कम्पनीले सबस्टेसनसम्म आवश्यक प्रसारण लाइनको निर्माण प्रक्रिया पनि अघि बढाएको छ । प्रसारण लाइनको अध्ययन पूरा भइसकेको छ । अहिले डिजाइनको काम भइरहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३