विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ३ मेगावाटको पिलुवा खोला र ९.८४ मेगावाटको काबेली बी–क्यासकेड जलविद्युत आयोजना निर्माण गरी सञ्चालन गरिरहेको अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लिखु खोला जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ ।

पिके हाइड्रो पावर प्रालिले निर्माण गरिरहेको ३० मेगावाटको आयोजनामा अरुण भ्यालीले साढे ९३ करोड रुपैयाँ लगानी गर्ने भएको हो । आयोजनामा स्वपूँजीका लागि ९३ करोड ३९ लाख ८१ हजार ३ सय रुपैयाँ लगानी गर्न लागेको अरुण भ्यालीले जनाएको छ ।

कम्पनीले आयोजनामा लगानी जुटाउनका लागि हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ । हकप्रद सेयर निष्कासन गर्न विद्युत नियमन आयोगबाट अनूमति प्राप्त भई सकेको छ । अब, असार ७ गते हुने साधारणसभाले पारित गरेपछि सेयर निष्कासन गरी बाँडफाँड गरिनेछ ।

कम्पनीले चुक्ता पूँजीको १ अर्ब ८३ करोड ७९ लाख ६२ हजार ६ सय रुपैयाँ बराबरको १ः१ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ । हकप्रद सेयर निष्कासनबाट प्राप्त रकम आयोजना लगानी गर्ने र बाँकी ९३ करोड ३९ लाख ८१ हजार ३ सय रुपैयाँ कम्पनीले सञ्चालनमा गरीरहेको काबेली बी–१ क्यासकेड जलविद्युत आयोजना निर्माण गर्दा बैंकहरूबाट लिएको ऋण भुक्तानी गर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।

यो कम्पनीको ३ मेगावाटको पिलुवा खोला र ९.८४ मेगावाटको काबेली बी–क्यासकेड सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit