विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बझाङको कालंगा बेसिनमा निर्माणाधीन १५.३३ मेगावाटको कालंगागाड जलविद्युत आयोजनाको उत्पादन तालिका २ महिना धकेलिने भएको छ । असार ८ गते भीषण वर्षासँगैको बाढीले आयोजनाको संरचनामा सामान्य क्षति पुगेकाले उत्पादन फेरि धकेलिने भएको हो ।

आयोजनाको ९८ प्रतिशत निर्माण पूरा भइसकेको छ । निर्माण सकिन लागेको आयोजनामा बाँध र मुख्य सुरुङमा सामान्य क्षति पुगेको प्रवर्द्धक कालंगा हाइड्रो इनर्जी कम्पनीका प्रमुख पुष्प चित्रकारले बताए ।

‘अघिल्लो पटकको बाढीको असर आयोजनामा परेको थिएन,’ उनले ऊर्जा खबरसँग भने, ‘तर, असार ८ गतेको बाढीले संरचनामा क्षति पुर्याएकाले त्यसको मर्मत तथा पुनर्निर्माण गनुपर्ने हुँदा विद्युत उत्पादन गर्ने समय अहिले तोकिएको भन्दा २ महिना ढिलो हुन्छ कि भन्ने लागेको छ ।’उनले आयोजनाको सबै काम असारभित्र सम्पन्न गरी साउनको पहिलो साताबाट विद्युत उत्पादन सुरु गर्ने लक्ष्य भए पनि विद्युत उत्पादनको तालिका असोजसम्म सर्ने बताए । 

कोरोना (कोभिड–१९) महामारीको असरले उपकरण आयात प्रभावित हुँदा निर्माणमा भएको ढिलाइका कारण पनि आयोजनाको उत्पादन सर्दै आएको थियो । अहिले फेरि बाढीको असर आयोजनामा परेको चित्रकारले बताए ।  

आयोजनाबाट उत्पादित विद्युत ३७ किलोमिटर दुरीमा रहेको बलाँच सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन कम्पनी आफैले निर्माण गरिरहेको छ । प्रसारण लाइनको काम पनि अन्तिम चरणमा पुगेको छ ।

आयोजना सम्पन्न गर्न ३ अर्ब २० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा एनएमबी बैंकको अगुवाईमा ६ बैंकले ७५ प्रतिशत ऋण लगानी गरेका छन् ।

बाँकी २५ प्रतिशत स्वपुँजी लगानी छ । कालंगा बेसिनमा कालंगागाडसहित ३८.४६ मेगावाटको माथिल्लो कालंगागाड र १०.७ मेगावाटको सानीगाड निर्माणाधीन छन् । ३ वटै आयोजना एउटै समूहले निर्माण गरिरहेको हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit