विद्युत अपडेट

  • प्राधिकरण : ७०७४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३१११ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५३३५ मे.वा.घन्टा
  • आयात : ७३६४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३५४८५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १७५५ मे.वा.
२०८१ जेठ ६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । पश्चिम नवलपरासीमा रहेको गण्डक जलविद्युत् केन्द्रको विद्युत् उत्पादन पूर्णरूपमा बन्द रहेको छ । प्रतापपुर गाउँपालिका–७ गुठी सूर्यपुरास्थित जलविद्युत् केन्द्रको उत्पादन करिब दुई महिनादेखि बन्द रहेको केन्द्रका प्रमुख पीताम्बर भुसालले बताएका छन् । 

जलविद्युत केन्द्रको नहर बन्द (क्यानल सटडाउन) भएपछि विद्युत् उत्पादन रोकिएको उनले बताए । गत चैत १३ गते नहरमा पानी आउन बन्द भएपछि उत्पादन बन्द गरिएको उनले बताएका हुन् । नेपाल–भारत गण्डक सम्झौताअनुसार भारतले सन् १९७९ मा निर्माण गरेको केन्द्र ३१ अगस्ट १९८१ मा नेपाललाई हस्तान्तरण गरेको थियो । करिब ४३ वर्ष पुरानो गण्डक जलविद्युतमा नहरमा पानी छोड्ने र बन्द गर्ने भारतीय पक्षको हातमा हुन्छ । 

त्यसअनुसार भारतको उत्तर प्रदेश गोरखपुरस्थित गोरखपुर सिँचाइ विभागले उक्त विद्युत् केन्द्रको नहर मर्मत भइरहेको भन्दै नहरमा पानी बन्द गरेको हो । त्यसैले विद्युत् उत्पादन बन्द रहेको प्रमुख भुसालले बताउनुभयो । यस विषयमा आधिकारिक कुनै पत्र प्राप्त नभएको र नेपालमा मर्मत पनि नभएको उनले जानकारी गराए । हरेक वर्ष भारतीय पक्षले कात्तिक–मंसिर र चैत–वैशाख गरी दुई पटक नहरको पानी बन्द गर्ने गर्छ । १५ मेगावाट विद्युत् उत्पादन क्षमता भएको उक्त जलविद्युत केन्द्र अहिले ५ देखि ५.५ मेगावाटसम्म विद्युत् उत्पादन गरिरहेको छ । 

विद्युत् उत्पादन पूर्णरुपमा बन्द भएपछि दैनिक औसतमा ७ देखि ८ लाखसम्म घाटा रहेको जलविद्युत केन्द्रका प्रमुख भुसालले बताए । तीन वटा टर्बाइन भएको जलविद्युत् केन्द्रमा दुई टर्बाइनले मात्र विद्युत् उत्पादन गरिरहेको छ । भने एउटा टर्बाइन बिग्रेर थन्केको छ । यसै गरी गण्डक जलविद्युत् केन्द्रमा रहेका उपकरणलाई परिवर्तन गरी सुधार गर्नुपर्ने आवश्यकता देखिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit