विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले नदीको बहाबमा आधारित जलविद्युत आयोजना (आरओआर) को विद्युत खरिद सम्झौता (पिपिए) खुल्ला हुने बताएकी छन् । आज (चैत २३ गते) मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो कुरा खुलाएकी हुन् ।

घरायसीदेखि औद्योगिक क्षेत्रमा विस्तारै लोड बढ्दै गएको र भारतमा ३६५ मेगावाट निर्यात गर्ने अनुमति प्राप्त भएको भन्दै मन्त्री भुसालले पिपिए खुल्ने बताएकी हुन् । उनले यसअघि विद्युत बजारको सुनिश्चितता नरहेको र १० वर्षमा १५ हजार मेगावाट उत्पादनको सीमा अनुसार आरओआरको कोटा पुगेको भन्दै पिपिए गर्न नसकिने बताउँदै आएकी थिइन् ।

सोमबार (चैत २१ गते) समापन भएको हिमालयन हाइड्रो एक्स्पोमा पनि उनले आरओआरको कोटा पुगेको भन्दै पिपिए गर्न नसकिने बताएकी थिइन् । ‘अर्धजलाशय (पिआरओआर) को पिपिए खुलै छ, बजारको केही कठिनाई देखिएको हुँदा नगर्ने भनिएको हो,’ उनले भनिन्, ‘अब सीमित कोटा तोकेर र कठिनाई भएका केही आरओआर आयोजनाको पिपिए खुल्छ ।’

१० वर्षमा १५ हजारमात्र होइन, हामीसँग ४३ हजार मेगावाट विद्युत उत्पादन गर्ने सम्भावना रहेको भन्दै उनले आफू रूपान्तरणको सोचमा रहेको बताइन् । भारतीय बजार विस्तारै खुकुलो हुँदै गएको हुँदा पिपिए खोलिएको पनि उनले दोहोर्याइन् ।

मन्त्रालयले २०७५ साल बैशाख २५ गते जारी गरेको श्वेतपत्र अनुसार १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने उल्लेख छ । त्यसमा ३०–३५ प्रतिशत जलाशय, २५–३० प्रतिशत अर्धजलाशय र ३०–३५ प्रतिशत आरओआर र ५–१० प्रतिशत वैकल्पिक स्रोतबाट विद्युत उत्पादन गर्ने पनि उल्लेख छ ।

सोही आधारमा आरओआर कोटाको सीमा पूरा भएको भन्दै प्राधिकरणले ३ वर्षदेखि पिपिए बन्द गरेको थियो । अहिले प्राधिकरणमा झन्डै ६ हजार मेगावाटका पिआरओआर र आरओआर आयोजनाले पिपिएका लागि पालो पर्खेर बसेका छन् । धेरै लगानी भइसकेका र समस्यामा परेका आयोजना अनुसार पिपिए गरिने मन्त्री भुसालको भनाइ छ ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव देवेन्द्र कार्कीले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा विद्युत उत्पादन, प्रसारण र व्यापारको कुरा भएको बताए । ‘हाम्रो पहिलो आवश्यकता देशभित्र खपत गर्ने नै हो,’ उनले भने, ‘भारतले माथिल्लो तामाकोसी लगायत आयोजनाको विद्युत बेच्न प्रस्ताव गर्न पनि आग्रह गरेको हुँदा हामी त्यसको गृहकार्य गर्दैछौं ।’

उत्पादनको लक्ष्य पूरा गर्न पनि मन्त्रीले भने जस्तै पिपिए खोल्न आवश्यक रहेको उनको भनाइ थियो । साथै, उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भनाइ उद्धृत गर्दै भने– भारतीय प्रधानमन्त्रीले ‘नेपालको बिजुली किनेर सहयोग गर्छौं’ भन्नुभएको छ ।

यसैगरी, कार्यक्रममा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आन्तरिक खपत बढ्दै गएको कुरा स्वीकारे । ‘हामी कहाँ वार्षिक २५ प्रतिशतको दरले विद्युत माग बढिरहेको छ, हिजो जस्तो उतारचढाव छैन,’ उनले भने, ‘औद्योगिक क्षेत्रमा ६०० मेगावाटको लोड स्वीकृत भएर बसेको छ । आउँदो साउन–भदौसम्म विद्युत माग २००० मेगावाट पुग्ने प्रक्षेपण गरेका छौं ।’

रुस र युक्रेनको युद्धका कारण छोटो समयका लागि भारतबाट महँगोमा विद्युत आयात गर्नु परेको तथा माग–आपूर्तिबीच केही असन्तुलन हुन गएको घिसिङको तर्क थियो । यही कारण केही दिन आपूर्तिमा समस्या भएको तर लोडसेडिङ नगरिएको बताए । उनका अनुसार अहिले देशका कुनै पनि उद्योगमा लोडसेडिङ छैन ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit