काठमाडौँ । बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको प्रथम वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीकाे जेठ ७ गते बसेकाे २१औँ सञ्चालक समितिको बैठकको निर्णयानुसार साधारणसभाका लागि प्रस्ताव गरिएकाे हो ।
असार ३ गते हुने कम्पनीको साधारणसभामा आर्थिक वर्ष (आव) २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने प्रस्ताव गरिएकाे छ । साथै, लेखापरीक्षकको प्रतिवेदनसहित असार मसान्तको खर्च विवरण र आव २०७९/८० को नाफा नोक्सान हिसाब र नगद प्रवाहसहितको वित्तीय विवरणहरूमा छलफल गर्ने बताइएको छ । सभामा चालु आव २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निधारण गर्ने सूचित गरिएको छ ।