विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ फाल्गुण ८, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपालभरका इलेक्ट्रिकल इन्जिनियर्सहरूको छाता संस्थाको रूपमा गठित ‘इलेक्ट्रिकल इन्जिनियर्स वेलफेयर एसोसिएसन (इइए) नेपाल’ले तेस्रो कार्यकारिणी समिति चयन गरेको छ । शनिबार बसेको अनलाइन भेलाबाट तेस्रो कार्यकारिणी समिति गठन गरिएको हो ।

एसोसिएसनले एक साताअघिदेखि आफ्ना आजीवन सदस्यहरूलाई उम्मेदवारी दिन सूचित गरेको थियो । विभिन्न पदमा परेका उम्मेदवारीबाट छलफल गरी सर्वसहमतिले नयाँ समिति गठन भएको जनाइएको छ । विभिन्न पदमा आकांक्षीहरू धेरै भए पनि छलफलबाट सर्वसम्मत नयाँ समिति गठन हुँदा राम्रो सन्देश प्रवाह भएको निर्वाचन समितिका संयोजक सुमन गिरीले बताए ।

अघिल्लो कार्यकालमा उपाध्यक्षको कार्यभार सम्हालेका शिवनारायण गोशली नै सर्वसम्मतबाट अध्यक्षमा चयन भएका छन् । यस्तै, उपाध्यक्षमा पवन पौडेल, सचिवमा विनोद शर्मा चयन भएका छन् । शर्मा अघिल्लो कार्यकालमा पनि सचिवको जिम्मेवारीमा थिए ।

यसैगरी, कोषाध्यक्षमा विषम विनोद खनाल र सहसचिवमा शैलशिखा ढकाल चयन भएका छन् । समितिको आठ सदस्यमा क्रमशः प्रकाश काफ्ले, सदाम बाला, रविन्द्र भण्डारी, पूर्णबहादुर पुन, गंगाप्रसाद साह, बेनी नेपाली, दिनेश शर्मा र मनिता थापा सर्वसम्मत भएका छन् ।

कार्यक्रममा निवर्तमान अध्यक्ष राजेन्द्र ढकालले संस्थाले विगतमा गरेका कार्ययोजनालाई निरन्तरता दिँदै सिर्जनात्मक काम गर्नुपर्ने बताए । एसोसिएसनले विभिन्न समयमा ऊर्जा तथा इलेक्ट्रिकल इन्जिनियरिङ विधामा कार्यक्रमहरू आयोजना गर्दै आइरहेको छ । ग्रिन हाइड्रोजनका विषयमा यसै वर्ष पोखरामा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।

एसोसिएसनले विद्युत क्षेत्रको नियमकारी निकाय विद्युत नियमन आयोगबारे सरोकारवालालाई जानकारी गराउने उद्देश्यले आयोगको काम कर्तव्यको र अधिकारको बारेमा पनि अन्तरक्रिया आयोजना गरेको थियो । नवनिर्वाचित अध्यक्ष गोशलीले कमिटीले उद्देश्य प्राप्ति गर्ने उद्देश्यअनुसार काम गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३