विद्युत अपडेट

  • प्राधिकरण : ९८८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८८१२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २२३९७ मे.वा.घन्टा
  • आयात : ३७८० मे.वा.घन्टा
  • निर्यात : ३०५२ मे.वा.घन्टा
  • ट्रिपिङ : २०४० मे.वा.घन्टा
  • ऊर्जा माग : ४६९१८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२१२ मे.वा.
२०८२ जेठ २५, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

नेपाल विडम्बनाको मुलुक हो । यस मुलुकको राजस्वले साधारण खर्चसमेत धान्न सक्दैन । विदेशमा गएर खुन–पसिना बगाई युवाले पठाएको विप्रेषण (रेमिटेन्स) ले कुल जिडिपीको ७५ प्रतिशत वार्षिक सामान आयात गर्ने क्षमता कमाएको छ । विदेशी विनिमयको कूल सञ्चिति चाँही १५ महिनाको आयात धान्न सक्ने क्षमताको छ । गत पुस मसान्तसम्म (जनवरी २०२५) वित्तीय अवस्था हेर्ने हो भने करिब  १५.६६ बिलियन अमेरिकी डलर बराबरको मुद्रा सञ्चिति छ । 

नेपालकाे जलस्राेत र ऊर्जा सम्भावना र समस्याका विषयमा यहाँ स्पष्ट पार्न चाहन्छु :

१.  हामीले भारतबाट विद्युत् आयात गरेता पनि वर्षा मौसममा ७४४ मेगावाटसम्म (२०८१ भदौ ७ गतेको निर्यात) विद्युत् भारतमा निर्यात गरेका छौँ । साथै बंगलादेशलाई ५ महिनाका लागि वर्षा मौसममा ४० मेगावाट विद्युत् निर्यात गर्ने समझौता भएको छ ।

२. हामी ८३ हजार मेगावाट विद्युत्को सम्भाव्यता भएको देशले हालसम्म जम्मा ३ हजार ५०० सय मेगावाट उत्पादन गर्न सकेका छौँ । हाम्रो मूल उद्देश्य मुलुकको कुल विद्युत् खाँचो स्वदेशी उत्पादनले आपूर्ति गरी वृहत् मात्रामा बिजुली निर्यात गर्नुपर्नेमा विडम्बना यस्तो छ कि अहिले हामी त्यस उद्देश्यको नजिक पनि पुगेको छैनौँ ।

३. हामीसँग ८३ हजार मेगावाट विद्युत्‌काे सम्भाव्यता भएको (अध्ययनको अनुमान रहेको) ले यस्तो स्थितिमा हामीले धेरै सुधार गर्न सक्थ्यौँ तर त्यो उद्देश्य अनुसार नेपाल सरकारले मात्रै लगानी गर्न सक्दैन । त्यसका लागि व्यापक विदेशी र स्वदेशी लगानीकर्तालाई आकर्षित गराउनु पर्छ । सो कार्य गर्न सजिलो किसिमको नियम कानुन र भ्रष्टाचारमुक्त वातावरण लगानीकर्ताले खोजेको हुन्छ । त्यस्तो परिस्थिति हालसम्म सरकारले सृजना गर्न सकेको छैन, त्यसैले, त्यस्तो परिस्थिति सृजना गर्न कठोर प्रयास नेपाल सरकारले गर्नु पर्दछ ।

४. तनहुँ हाइड्रो पावर (१४० मेगावाट) जस्तो जलाशय आयोजना बनाउने दिशामा सरकारले जलस्रोत मन्त्रालयको ध्यान केन्द्रित गर्नु पर्दछ ।

५. अपर अरुण आयोजना (१०६३.३६ मेगावाट) मा लामो समयसम्म पानी आइरहने हुनाले त्यस्तो आयोजनामा हामीले जोड दिनुपर्छ । यस आयोजनाको सन् २०२६ मा निर्माण सुरुभई सन् २०३२ सम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ तर हालसम्म निर्माण कार्य सुरु भएको छैन ।

६. ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले २०३५ सम्ममा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेका छन् । यस मध्ये, १३ हजार ५०० मेगावाट विद्युत् मुलुकले प्रयोग गर्ने र १५ हजार मेगावाट विद्युत् बाहिरी देश भारतलाई समेत निर्यात गर्ने भनिएको छ । हालसम्म भएको सहमति अनुसार १० हजार मेगावाट १० वर्षका लागि भारतलाई निकासी गर्ने भन्ने छ । बाँकी ५ हजार मेगावाट विद्युत् कहाँ निर्यात गर्ने हो ? यसबारे स्पष्ट भई सरकारले संसदलाई जानकारी गराउनु पर्छ । 

७. हाम्रा खोलामा वर्षा मौसममा पानीको बहाव उच्च हुने गर्दछ । सो समयमा उत्पादन क्षमता लगभग शतप्रतिशत हुन्छ तर सुख्खा मौसममा खोलाको पानीको मात्रा कम भएकोले न्यूनतम बहाव हुन्छ र उत्पादन क्षमता लगभग ३० प्रतिशत मात्र हुन्छ ।

८. नेपालमा हजारौँ खोलानाला तथा हिमताल छन् तर खोलाको पानी हरेक वर्षामा खेर गएको पाइन्छ । तसर्थ, जलाशय आयोजनाहरू निर्माण गर्न सके नेपालमा जलविद्युत्‌ उत्पादनको सम्भावना अझ बढ्न सक्छ ।

९. पानीको स्रोतको उपलब्धताको आधारमा ४५ प्रतिशतभन्दा बढी सम्भावनालाई विचार गर्दा नेपालको जलविद्युत्‌को प्राविधिक सम्भाव्यता ८३ हजारदेखि ९० हजार मेगावाट हुने अनुमान गरिएको छ । यो सम्भावनाको हेक्का नेपाल सरकारले गर्नु राख्नुपर्दछ ।

पूर्वजलस्रोत मन्त्री समेत रहेका सांसद राणाद्वारा केही दिनअघि प्रतिनिधिसभामा व्यक्त विचारको सम्पादित सार 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३