विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका निवर्तमान कार्यकारी निर्देशक डा मधुसुधन अधिकारीले ऊर्जा विकासका विविध स्रोतको एकसाथ उपयोग गर्नुपर्नेमा जोड दिएका छन् । नेपालको हकमा जलविद्युत मुख्य स्रोत भए पनि विश्व परिदृश्यमा यसको बहस र चर्चा सेलाउँदै गएको सन्दर्भ जोड्दै उनले सोलार, वायु लगायत क्षेत्रको समेत विकास अपरिहार्य रहेको बताएका हुन् ।

अधिकारी माघ २२ गते आइतबारमात्र केन्द्रबाट आफ्नो ४ वर्षे कार्यकाल पूरा गरेर बिदा भएका छन् । सोमबार नेपाल नवीकरणीय ऊर्जा परिसंघ (रिकोन) ले आयोजना गरेको छलफल कार्यक्रममा उनले अब जलविद्युतसहित ऊर्जाका विविध स्रोतको सदुपयोग गर्ने समय ढिलो भइसकेको बताए ।

‘हामीले सबै क्षेत्रमा काम त गरिरहेका छौं तर यसलाई व्यावसायिक ढंगले विकास गर्न सकिरहेका छैनौं,’ उनले भने, ‘दशकौंदेखि सौर्य विद्युतमा काम गरिरह्यौं, यद्यपि, हामीलाई जलविद्युतले दबाइरहेको छ । अबको ४–५ वर्षपछि जलविद्युतको बहस कम भएर जाने परिस्थिति देखिँदैछ, यसैले समयमै स्रोतको सदुपयोग गर्न जरुरी छ ।’

आफूले वैकल्पिक ऊर्जामा रहँदा इमान्दारिताका साथ लक्षित योजना तथा कार्यक्रम कार्यान्वयन गर्न सक्दो प्रयास गरेको सन्दर्भमा उनले भने, ‘कोरोना महामारी जस्तो प्रतिकूल अवस्थामा पनि हामीले काम गरिह्यौं तर सोचेजति गर्न सकिएन ।’

आगामी दुई वर्षभित्र देशका ५ लाख घरधुरीमा विद्युतीकरण गर्नका लागि करिब १२ अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने हुँदा त्यसका लागि केन्द्र र नेपाल विद्युत प्राधिकरणले समन्वय गरेर काम गर्न आवश्यक रहेको उनले सुझाए । आफ्नै कार्यालयभित्रका कर्मचारीको सहयोग तथा निजी क्षेत्रका संघ संस्थाको समन्वयमा आफूले कतिपय रणनीतिक काम गर्न सकेको अधिकारीको भनाइ थियो ।

आफूले गर्न चाहेका लक्षित काम गर्न नसकेकोमा असन्तुष्टि रहे पनि जिम्मेवारीमा रहँदा सहकर्मीहरूबाट भएको सहयोग, निजी क्षेत्रसँगको समन्वयमा आफू पूर्ण सन्तुष्ट रहेको पनि उनले दोहोर्याए । अबका दिनमा केन्द्रले अझ धेरै काम गर्नुपर्ने चुनौती रहेको उनले इंगित गरेका छन् ।

आफू जिम्मेवारीमा नरहे पनि निवर्तमान नेतृत्वको हैसियतले केन्द्रसँग नजिक रहने र निजी क्षेत्रलाई आफ्नो बौद्धिकताको तहबाट सहयोग गरिरहने अधिकारीले प्रतिबद्धता जनाए । निजी क्षेत्रले अब ऊर्जा विकासलाई जलवायु परिवर्तनका मुद्दासँग जोडेर लैजानुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।

कार्यक्रममा परिसंघका अध्यक्ष गुणराज ढकालले अधिकारीको सल्लाह, सुझाव र मार्गनिर्देशनलाई मध्यजनजर गर्दै अगाडि बढ्ने बताए । नवीकरणीय ऊर्जाका क्षेत्रमा कार्यरत संघ संस्थाले सोलार, बायोग्यास, वायु ऊर्जा, जैविक ऊर्जा लगायत स्रोतको अधिकतम उपयोग गर्ने गरी काम गर्ने पनि उनले प्रस्ट पारे ।

छलफलमा परिसंघसँग आवद्ध लघुजलविद्युत, जैविका ऊर्जा, सौर्य ऊर्जा उत्पादक, नेपाल बायोग्यास, जल तथा ऊर्जा परामर्शदाता संघ लगायत निकायका प्रतिनिधिको उपस्थिति रहेको थियो । छलफलमा सहभागी अधिकांशले अब माइक्रो हाइड्रो ग्रिड निर्माणमा जोड दिनुपर्ने धारणा राखेका थिए । साथै, नवीकरणीय ऊर्जा लगानी कम्पनी गठन गरेर जाने विषयमा समेत छलफल भयो ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३