काठमाडौं । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको वार्षिकोत्सव कात्तिक १८ गते (शुक्रबार) हुने भएको छ । केन्द्रकाे २६औं वार्षिक साधारण सभा हुन लागेको हो ।
सभामा वार्षिक प्रतिवेदन, वित्तीय विवरण, नाफा/नोक्सान हिसाब नगद प्रवाह लगायत विषयमा छलफल गरिने केन्द्रले जनाएको छ । साथै, आर्थिक वर्ष १०७९/८० को लागि लेखा परीक्षक नियुक्त गरी परिश्रमिक समेत निर्धारण गर्नेछ ।
केन्द्रले आयोजना गरेको सभा मध्यबानेश्वरमामा रहेकाे वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रकाे कार्यालयमा दिउसो १ बजेदेखि ३ बजेसम्म हुनेछ ।