विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
आर्थिक काेण

काठमाडौँ । अमेरिकी पत्रिका फोर्ब्सले विश्वका अर्बपतिहरूको नयाँ सूची सार्वजनिक गरेको छ । उक्त सूचीमा नेपालमा एक मात्र डलर अर्बपति विनोद चौधरी १ हजार ७ सय ६४ औँ स्थानमा सूचीकृत भएका छन् । पत्रिकाका अनुसार उनको कुल सम्पत्ति १ अर्ब ८ करोड डलर पुगेको छ ।

यसअघि गतवर्षको सूचीमा चौधरी १ हजार ६ सय ४७ औँ स्थानमा थिए । राजनीतिमा समेत सक्रिय रहेका चौधरी गत संसदीय निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट नवलपरासी–१ बाट विजयी भई प्रतिनिधि सभा सदस्य (सांसद) रहेका छन् । 

नेपालसहित विश्वका विभिन्न देशमा उद्योग तथा व्यवसाय विस्तार गरेका चौधरीको व्यापारीक समूह चौधरी ग्रुपले चाउचाउसहितका खाद्य वस्तुतको उत्पादनका साथै सीजी ब्राण्डबाट विभिन्न क्षेत्रमा वस्तुत तथा सेवा उत्पादन र बिक्री वितरण गरिरहेका छन् । उनी चौधरी फाउन्डेसनमार्फत समाजसेवामा समेत सक्रीय छन् । 

नयाँ सूची अनुसार विश्वमा अर्बपतिहरूको संख्या बढेको छ । हाल विश्वका २ हजार ७ सय ८१ जना डलर अर्बपति बनेका छन् ।  पत्रिकाका अनुसार विश्वका डलर अर्बपतिहरूको कुल सम्पत्ति १४.२ ट्रिलियन डलर पुगेको छ । यस वर्ष पनि लुइस भिटन तथा सेफोरा लगायतका फेसन तथा कस्मेटिक ब्राण्डका मालिक बर्नार्ड आर्नल्ट यो वर्ष पनि विश्वको सर्वाधिक धनी व्यक्ति बनेका छन्  । यिनको सम्पत्ति २ खर्ब ३३ अर्ब डलर पुगेको छ । 

त्यस्तै, कूल १ खर्ब ९५ अर्ब सम्पत्तिसहित एलन मस्क विश्वकै दोस्रो धनी बनेका छन् । जेफ बेजोस १ खर्ब ९४ अर्ब डलर सम्पत्ति सहित तेस्रो स्थानमा परेका छन् । त्यस्तै, १ खर्ब ७७ अर्ब सम्पत्तिसहित मार्क जुकरबर्ग चौथो र १ खर्ब ४१ अर्ब सम्पत्तिसहित ल्यारी इलिसन चौथो स्थानमा रहेका छन् । 

सूचीका अनुसार भारतमा मात्रै २०० जना डलर अर्बपति बनेका छन् । भारतका मुकेश अम्बानी भारतको सबैभन्दा बढी धनी बनेका छन् । उनको सम्पत्ति ११६ अर्ब डलर पुगेको छ । त्यस्तै भारतकै दोस्रो धनी बनेका गौतम अडानीको सम्पत्ती ८४ अर्ब डलर पुगेको छ ।  

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit