विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस २३, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । म्याग्दीमा निर्माणाधीन ४० मेगावाटको राहुघाट जलविद्युत आयोजनाको मुख्य सुरुङ निर्माणको काम तिव्र गतिमा अघि बढेको छ । नेपाल विद्युत प्राधिकरणको सहायक रघुगंगा हाइड्रो पावर लिमिटेडले निर्माण गरिरहेको आयोजनाको ६२७० मिटर लामो मुख्य सुरुङ खन्ने काम तिव्र गतिमा अघि बढेको हो ।

मुख्य सुरुङकाे ३७०० मिटर खनेर सकिएको कम्पनीका प्रबन्ध सञ्चालक गणेश केसीले बताए । उनका अनुसार बाँकी सुरुङ खन्ने काम एक वर्षभित्र पूरा गरिनेछ । ठेकेदार कम्पनीको ढिलासुस्तीले अन्योलमा रहेको आयोजनामा पछिल्लो समय जनशक्ति, उपकरण र स्रोतसाधन परिचालनमा जोड दिएपछि निर्माणले गति लिएको कम्पनीले जनाएको छ ।

‘बाँध क्षेत्रको पनि ३० प्रतिशत काम पूरा भएको छ, यो क्षेत्रको काम भर्खरै सुरु गरिएको हा’, उनले ऊर्जाखबरसँग भने, ‘रघुगंगा गाउँपालिका–४ दग्नाम र ५ झिँको सिमानामा बाँध रहने आयोजनाको पानी बग्ने ठाउँ, पानी थिग्राउने स्थल, पावर इन्टेकलगायत पूर्वाधार निर्माण भइरहेको छ ।’

विद्युतगृहको पनि ६० प्रतिशत काम पूरा भएको केसीले बताए । विद्युतगृहतर्फको पूर्वाधार निर्माण तथा कंक्रिटीङको काम पनि धमाधम भइरहेको छ ।
वडा नम्बर ३ पिप्लेको तिल्केनी चौरमा विद्युत् गृह रहने क्षेत्रमा पूर्वाधार निर्माण जारी छ । आयोजनाबाट २०७८ मंसिरदेखि विद्युत उत्पादन सुरु गर्ने तालिका भए पनि कोरोना (कोभिड–१९) महामारी नियन्त्रण गर्न गरिएको लकडाउन तथा निशेधाज्ञाका कारण निर्माण प्रभावित भएको हो ।

लकडाउनका बेला आयोजना स्थलमा निर्माण सामाग्री ढुवानीमा समस्या हुँदा काम प्रभावित हुँदा उत्पादन धकेलिने पुगेको हो । आयोजना स्थल दुर्गम क्षेत्रमा पर्ने हुँदा बर्खामा निर्माण सामाग्री ढुवानीमा हुने समस्याले पनि काम प्रभावित हुने गरेको कमपनीले बताउँदै आएको छ ।

आयोजना सम्पन्न गर्न ९ अर्ब १५ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । भारतीय ठेकेदार आइभिआरसिएलसँग पहिलो पटक २०६७ कात्तिक १८ गते आयोजनाको ठेक्का सम्झौता भएको थियो । ठेकेदारले अनेक बाहना देखाउँदै काम नगरेपछि प्राधिकरणले २०७२ असार ३ गते सम्झौता रद्द गरेको थियो । त्यसपछि करिब ३ वर्षसम्म अलपत्र अवस्थामा पुगेको आयोजना प्राधिकरणले सहायक कम्पनी स्थापना गरी अघि बढाएको हो ।

२०६७ सालमा ठेक्का पाएको आइभिआरसिएलले झन्डै ५ वर्षसम्म आवास निर्माण तथा ६४ मिटर सुरुङमात्र खनेको थियो । यसका लागि करिब १ अर्ब ६१ करोड रुपैयाँ खर्च भएको थियो । अहिले आयोजनामा स्थानीयको पनि सेयर लगानी गर्ने गरी निर्माण अघि बढाइएको छ ।

दुई भाग (लट–१ सिभिल तथा हाइड्रो मेकानिकल र लट–२ इलेक्ट्रो मेकानिकल) मा बाँडेर निर्माण गरिने आयोजनाको पहिलो लटको ठेक्का २०७४ मंसिर ५ गते (सन २०१७ नोभेम्बर २१) मा भएको थियो । प्राधिकरणले सन १९९८ मा सम्भाव्यता अध्ययन गरेको आयोजना ३२ मेगावाट क्षमतामा निर्माण सुरु गरिएको थियो । पहिलो ठेक्का रद्द गरेपछि आयोजनाको क्षमता समेत संशोधन गरी कम्पनीमार्फत अघि बढाइएको हो ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३