विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

स्याङ्जा (मिर्मी) । कालीगण्डकी गाउँपालिकाले सञ्चालन गरिरहेको ‘कालीगण्डकी अस्पताल’ले तिर्नुपर्ने २ लाख ४८ हजार रुपैयाँ बक्यौता विद्युत् महसुल तिर्ने प्रतिबद्धता जनाएको छ । नेपाल विद्युत् प्राधिकरण स्याङ्जा वितरण केन्द्र, मिर्मी उपवितरण केन्द्र र गाउँपालिकाबीच आज (बैशाख २२ गते बुधबार) भएको छलफलपछि महसुल बुझाउने भएको हो ।

गाउँपालिका वडा नम्बर ५ का सदस्य दिनेश थापाले उपवितरण केन्द्र प्रमुख नन्देश्वर कुशहवामाथि हातपात भएपछि विवाद सिर्जना भएको थियो । गाउँपालिकाले अस्पतालका लागि दुई वटा फिडरबाट विद्युत् उपलब्ध गराइदिन आग्रह गरेको थियो । तर, लामो समयदेखि अस्पतालको बक्यौता रहेको, ग्राहक कालोपाटी रहेको हुँदा यसो गर्न नमिल्ने कुशहवाले बताएका थिए ।

सोही विषयमा विवाद हुँदा थापाले कुशहवामाथि हातपात गरेका थिए । तर, बुधबार दुई पक्ष बसेर छलफल गरेपछि थापाले आफू ‘आवेशमा आएर गलत गरेको’ भन्दै माफी मागेका छन् भने अस्पतालको बक्यौता पनि तिर्ने गाउँपालिकाले प्रतिबद्धता जनाएको छ । प्राधिकरणले समेत प्रक्रिया पुर्याएर थ्रि फेज लाइन जोडिदिने भएको छ ।

कुशहवामाथि भएको हातपातको विषयमा जिल्ला प्रहरी कार्यालय वालिङका एसपी होमेन्द्र बोगटीले समन्वय गरेको केन्द्र प्रमुख दीलिप मरासिनीले बताए । ‘आज दुई पक्षीय छलफल भयो, वडा सदस्यले पनि गल्ती भएको स्वीकार गर्नुभएको छ,’ उनले भने, ‘अस्पतालको बक्यौता तिर्ने र त्यसपछि थ्रि फेज लाइन जोडिदिनुपर्ने कुरा भएको छ ।’

याे पनि पढ्नुहाेस् : कोरोना महामारीमा रातदिन खट्ने कर्मचारीलाई प्रहरीकै अगाडि जनप्रतिनिधिले कुटे

वडा सदस्यले उपवितरण केन्द्र प्रमुखमाथि हातपात भएको विषय हल्ला भएजस्तो नभएको गाउँपालिका ५ नम्बरका वडाध्यक्ष लोकेदार थापाले बताए । ‘यता कोराना बढी भयो, विरामीलाई आइसोलेसनमा राख्नुपर्यो । यसो हुँदा विद्युत् नजाने बनाइदिनु भनेका थियौं,’ उनले भने, ‘पालिका अध्यक्षले अनुरोध पनि गर्नुभएको थियो । हामीले प्राधिकरणमा भन्दा माथिबाटै निर्देशन आउनुपर्छ भनियो ।’

कानुन र प्रक्रियागत जटिलता रहेको भनेर नबुझाई कार्यालय प्रमुखले ठाडो भाषामा ‘माथिको निर्देशन नभएसम्म गर्दिनँ’ भनेपछि विवाद भएको थापाले बताए । ‘प्राधिकरणका कर्मचारीले पनि व्यवहार राम्रो गर्नुपयो,’ उनले थपे, ‘भएको यत्ति हो, ठूलो घटनै होइन तर बढी हल्ला गरियो ।

मिर्मी क्षेत्रमा पुरानो कृष्ण गण्डकी गाविसका १ देखि ९ नम्बर वडा लगायत स्थानमा मिर्मी बाँधस्थल र कालीगण्डकी आयोजनाको विद्युत्गृहबाट निकालिएका दुई अलग–अलग फिडरबाट विद्युत् वितरण गरिएको छ । अस्पतालले दुवै फिडरबाट विद्युत् मागेको छ । तर, विद्युत् वितरण विनियमावली, २०६९ अनुसार एउटै ग्राहकलाई दुई वटा फिडरबाट आपूर्ति दिन मिल्दैन ।

अहिले अस्पताल रहेकै भवनमा यसअघि स्थानीय पाण्डे थरका व्यक्तिले कृष्णगण्डकी अस्पताल सञ्चालन गरेका थिए । उनले अस्पताल सञ्चालन गर्न नसकी छोडेर हिँडेपछि भवन बेवारिसे बनेको थियो । त्यसपछि, भवनमा गाउँपालिकाको कार्यालय राखिएको थियो । अन्यत्र भवन निर्माण गरी कार्यालय सरेपछि गाउँपालिकाले त्यसै ठाउँलाई ‘कालीगण्डकी अस्पताल’ सञ्चालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit