काठमाडौं । नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रका प्राविधिक कर्मचारी राम कुमार लिम्बुको निधन भएको छ । लिम्बुको सोमबार (हिजो) करेन्ट लागेर निधन भएको हो ।
दिउँदो सिरानचोक गाउँपालिका वडा नम्बर ५ जरेवरमा चुहावट नियन्त्रणमा जादाँ चोरी गरेर लगिएको हुकिङ लाइन छुट्याउने क्रममा करेन्ट लागेर गम्भिर घाइते भएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार उपचारका लागि गोरखा अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भयो ।
ताप्लेजुङ घर भई गोरखामा कार्यरत ३२ वर्षिय लिम्बु ज्यालादारी प्राविधिक कर्मचारी थिए । लिम्बु विगत ७.८ वर्षदेखि गोरखा वितरण केन्द्रमा कार्यरत थिए ।