विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपाल बिजुली बिक्रीबाट आम्दानी गर्ने अवस्थामा पुगिएकाे बताएका छन् । समाजवादी मोर्चा नेपाल म्याग्दीले आज बेनीमा आयोजना गरेको सन्देशसभालाई सम्बोधन गर्दै ऊर्जामन्त्री बस्नेतले यस्तो बताएका हुन् ।

अबको दुई वर्षभित्र नेपालले बिजुली बिक्रीबाट आम्दानीमात्रै गर्ने र बिजुली खरिद गर्न नपर्ने अवस्था आउने उनले बताए । नेपालबाट गत वर्ष रु १० अर्बको बिजुली बिक्री भएको र २० अर्बको खरिद भएको जानकारी दिँदै मन्त्री बस्नेतले यो वर्ष नेपालले बिजुली बिक्रीबाट आम्दानी गर्ने दाबी गरे ।

'यो वर्ष हालसम्म रु १४ अर्बको विद्युत् बिक्री भइसकेको छ, जेठ र असारसम्म पुग्दा रु १८ अर्बसम्मको हामीले विद्युत् बिक्री गर्ने लक्ष्य राखेका छौँ, यो वर्ष नेपालले बाहिरबाट बढीमा रु १२ अर्बको मात्रै खरिद गरे पुग्छ, हामी यसै वर्षदेखि बिजुली बेचेर आम्दानी गर्ने अवस्थामा पुग्दैछौँ', मन्त्री बस्नेतले भने ।

म्याग्दीका सबै घरधुरीमा केन्द्रीय विद्युतीकरणको पहुँच पुर्‍याउन आवश्यक बजेट विनियोजन गरेर कार्यक्रम अघि बढेको जानकारी दिँदै मन्त्री बस्नेतले नेपाल अँध्यारोमुक्त बन्ने बाटोमा रहेको बताए । म्याग्दीमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको राहुघाट जलविद्युत् आयोजनमा स्थानीयलाई शेयरको सुनिश्चित गर्नेसमेत उनले प्रतिबद्धता जनाए । 

मन्त्री बस्नेतले मुलुकको आर्थिक अवस्था सुधारको बाटोमा अघि बढेको जिकिरसमेत गरे । 'सरकार गठन हुँदाको अवस्था र अहिले धेरै फरक भएको छ, सबै सूचकहरूको विश्लेषण गर्दा मुलुकको आर्थिक अवस्था लयमा फर्कन लागेको देखिएको छ, यो सरकारले गरेको सकरात्मक काम हो', मन्त्री बस्नेतले भने । उनले व्यापार घाटा न्यूनीकरण, मूल्यवृद्धि नियन्त्रण र रोजगारका अवसर सिर्जना गर्नेतर्फ सरकारले ध्यान केन्द्रित गरेको बताए ।
 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३