विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी तेस्रोे संस्करणको ‘हिमालयन हाइड्रो एक्स्पो’ भव्यरुपमा सम्पन्न भएको छ । गत चैत १९ गते (शनिबार) देखि सुरु भएको एक्स्पो २१ गते (सोमबार) सम्पन्न भएको हो । 

एक्स्पोले मुलुकको उर्जाक्षेत्रको विकास तथा विस्तारका लागि थप उर्जा प्रदान गरेको आयोजक तथा सहभागीको विश्वास छ । एक्स्पोको समापनमा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान) ले स्वदेशमा उत्पादित विद्युतको बिक्री वितरण तथा निर्यातको काम निजी क्षेत्रलाई दिन माग गरेको छ ।

उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाललाई विद्युत खरिद बिक्री सम्झौता नरोक्न इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले आग्रह गरे । विद्युत खरिद बिक्रीको काम सरकार तथा विद्युत प्राधिकरणले गर्न नसक्ने भए निजी क्षेत्रलाई नै खरिद बिक्रीको काम गर्ने बाटो खुलाईदिन आचार्यले माग गरे  ।

‘हामीले विद्युत व्यापार गर्ने इजाजत पाएको खण्डमा हामी आफै पिपिए गर्छौ,’ उनले भने, ‘यसो भएको खण्डमा विद्युत प्राधिकरणको आधा भन्दा धेरै समस्या समाधान हुन्छ ।’ 
साथै, जलविद्युतका प्रवद्र्धक तथा उत्पादकहरुले काम गर्दा धेरै निकाय धाउनु पर्ने समस्या रहेकोतर्फ उर्जामन्त्री भुषालको ध्यानाकर्षण गराए । ‘अहिले कुनै पनि परियोजना सुरु गर्दा ७ मन्त्रालय, २२ विभाग र २ सय वटा टेबलमा पुग्नु पर्छ’, उनले भने, ‘त्यो संगै स्थानीय स्तरमा समेत विभिन्न खालका उल्झनहरु छन । त्यसका लागि सरकारले जलविद्युत क्षेत्रलाई एकद्धार प्रणाली बनाउन आवश्यक छ ।’

इपान र एक्स्पो एण्ड इभेण्ट मेनेजमेण्ट सर्भिसेज प्रालिलको संयुक्त आयोजनामा एक्स्पोमा विशेष गरी जलविद्युतसँग सम्बन्धित प्रविधि तथा पछिल्ला उत्पादनहरु प्रदर्शनीमा राखिएका थिए । जलविद्युतसँग सरोकार राख्ने तथा दैनिक प्रयोगका विद्युतीय सामग्री खरिद गर्नेहरुको एक्स्पोमा उत्साहजन सहभागिता रहेको थियो ।

एक्स्पोले नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपतमा वृद्धि गर्न र विदेशमा निर्यात गर्न बजारीकरणको ज्ञान र सूचना प्राप्त हुने अपेक्षा लिइएको छ । एक्स्पो अवधिभर प्रत्येक दिन हाइड्रो पावर सम्बन्धी विषयगत ६ वटाभन्दा बढी प्राविधिक सेसन तथा अन्तरक्रिया समेत सञ्चालन गरिएको थियो ।

एक्स्पोको उद्घाटनको दिन विद्युतको आन्तरिक बजारलाई प्रवद्र्धन गर्न र विद्युतीय सवारीसाधन सम्बन्धी सरकारको विशेष नीतिका लागि ध्यानाकर्षण गराउनका लागि विद्युतिय र्याली आयोजना गरिएको थियो ।

एक्सपोलाई एनएमबि बैंक लिमिटेडले मुख्य प्रायोजन गरेको थियो भने आईएफसी लगायतका संघ, संस्थाहरुले प्रायोजन गरेका थिए । एक्स्पोमा नेपालस्थित भारतीय राजदूतावासको समन्वय तथा बेलायती राजदूतावास र क्यानेडियन हाइ कमिशन कन्ट्री पार्टनर रहेका थिए ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३