विद्युत अपडेट

  • प्राधिकरण : ७६३३ मे.वा.घन्टा
  • सहायक कम्पनी : २६०१ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२१६२ मे.वा.घन्टा
  • आयात : ११८६२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २५५५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३६८१३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८०१ मे.वा.
२०८१ ब‌ैशाख ३१, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । संखुवासभाको भोटखोला गाउँपालिकाले त्यस क्षेत्र भएर बग्ने बरुण नदीमा कुनै जलविद्युत आयोजना पनि निर्माण नगर्न सरोकारवालाहरूलाई निर्देशन दिएको छ । धार्मिक र सांस्कृतिक महत्व बोकेको तथा स्थानीयवासीको ठूलो आस्थाको केन्द्र रहेकोले अन्य प्रयोजनका लागि नदीको पानी प्रयोग नगर्न निर्देशन दिइएको हो ।

हिन्दु र बौद्ध धर्मावलम्बीहरूको आस्थाको धरोहर मानिएको नदिमा एम्पिक इनर्जी प्रालिले १३२ मेगावाटको तल्लो बरुणको निर्माण प्रक्रिया अघि बढाएकोले यसको काम तत्काल रोक्न पालिकाले निर्देशन दिएको छ । यसैगरी, बरुण नदीमा हाइड्रो सम्बन्धि भइरहेको गतिविधिहरूमा रोक लगाई कुनै आयोजनालाई पनि विद्युत उत्पादन अनुमतिपत्र प्रदान नगरिदिन ऊर्जा, जलस्रोत तथा मन्त्रालयलाई आग्रह गरेको छ ।

पालिका अन्तर्गतका बुद्धिजिवी, राजनैतिक दलका प्रतिनिधिहरू र धार्मिक आस्था राख्ने हिन्दु तथा बौद्धधर्मालम्बीहरूको मागअनुसार पालिकाले बरुण नदीमा हाइड्रो सम्बन्धि भइरहेको गतिविधिहरू तत्काल रोक्न निर्देशन दिएको छ ।

कम्पनीले यो आयोजनाको अध्ययन पूरा गरी उत्पादन अनुमतिका लागि विद्युत विकास विभागमा आवेदन दिएको छ । विभागले पनि कम्पनीको नाममा अनुमति जारी गर्न अन्तिम चरणको काम गरिरहेको छ ।

आयोजनाको विद्युतगृहमा ६ वटा भर्टिकल टर्वाइन रहनेछ । विद्युत उत्पादनपछि पानीलाई ५०५.७५ मिटर लम्बाइ र ४.६ मिटर व्यास भएको टेलरेस टनेलमार्फत पुनः वरुण खोलामा खसालिने छ ।

आयोजनाको सबै काम पूरा गरी ५ वर्षभित्र उत्पादन सुरु गर्ने कम्पनीको लक्ष्य छ । आयोजनाबाट उत्पादित विद्युत २२० केभी प्रसारण लाइनमार्फत १.७३ किलोमिटर दुरीमा रहेको माथिल्लो अरुण जलविद्युत आयोजनाको स्वीचयार्डमा जोडिने गरी डिजाइन तयार पारिएको छ ।

आयोजना सम्पन्न गर्न २० अर्ब १२ करोड ८७ लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।  आयोजनाबाट वार्षिक सरदर ४९४.४८२ गिगावाट घन्टा विद्युत उत्पादन हुने सम्भाव्यता अध्ययनले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit