विद्युत अपडेट

  • प्राधिकरण : ९०४९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०६३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२०६८ मे.वा.घन्टा
  • आयात : २१० मे.वा.घन्टा
  • निर्यात : १८१६४ मे.वा.घन्टा
  • ट्रिपिङ : २५ मे.वा.घन्टा
  • ऊर्जा माग : ६४४१५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८१४ मे.वा.
२०८१ असोज ३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । माछापुच्छ्रे बैंकले लिमिटेडले सिन्धुपाल्चोकमा निर्माण हुने १ मेगावाटको हाँडीखोला सुनकोसी ‘ए’ साना जलविद्युत आयोजनामा एकल लगानी गर्ने भएको छ । सेन्चुरी इनर्जी कम्पनी प्रालिले निर्माण गर्ने आयोजनामा बैंक एक्लैले ऋण लगानी गर्न लागेको हो ।

बैंक र कम्पनीबीच सोमबार ऋण लगानी सम्झौतामा हस्ताक्षर भएको छ । आयोजनामा बैंकले १५ करोड रुपैयाँ लगानी गर्ने कम्पनीका अध्यक्ष डा. कृष्णप्रसाद दुलालले बताए । उनका अनुसार कुल २२ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ७ करोड रुपैयाँ बराबरको स्वपुँजी लगानी रहनेछ ।

अध्ययन पूरा भएको आयोजनाको निर्माण एक महिनाभित्र सुरु गर्ने गरी ठेकेदार छनाेट प्रक्रिया अन्तिम चरणमा पुगेको पनि दुलालले बताए । १५ महिना अवधिमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाबाट २०७६ चैतभित्र विद्युत उत्पादन हुने उनकाे दाबी छ । आयोजनाबाट उत्पादन हुने विद्युत् विद्युतगृह नजिकैको ११ केभी घोरथली वितरण लाइनमा जोडिने कम्पनीले जनाएको छ । उत्पादित विद्युत वितरण प्रणालीमा जोड्न ११ केभी क्षमताको स्वीचिङ स्टेसन निर्माण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३