विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपालमा उत्पादित विद्युत खपत विस्तार गर्ने चर्चा व्यापक चलिरहँदा २०७९ साउनमा मात्र ४५९ वटा तीन पाङ्ग्रेसहित ६७० विद्युतीय सवारी भित्रिएका छन् । आर्थिक वर्ष २०७८/७९ को बजेटले विद्युत सवारीमा अन्तशुल्क खारेज र कर घटाएपछि विद्युतीय सवारीको आयात बढेको हो ।

भन्सार विभागको तथ्याङ्क अनुसार ४५९ वटा तीन पाङ्ग्रे (सफा टेम्पो, विद्युतीय  रिक्सा) सवारी आयात भएका छन् । यस्तै, बाँकी, २११ वटा चार पाङग्रे विद्युतीय सवारी (कार, जिप, भ्यान) आयात भएका छन् ।

नेपाल भित्रिएका तीन पाङग्रे सवारीमध्ये ४३७ वटा चिनबाट र २२ वटा भारतबाट आएका हुन् । यस्तै, चार पाङग्रे १०० किलोवाटसम्मका २०५ वटा सवारी आयात भएको विभागको तथ्याङ्कमा छ । जसमा चिनबाट ३८, कोरियाबाट ४२ वटा र भारतबाट १२५ वटा आयात भएका छन् ।

यस्तै,  १०० देखि २०० किलोवाटसम्मका ४ सवारी भित्रिएका छन् । २ वटा कोरियाबाट र २ वटा सयुक्त राज्य अमेरिकाबाट ल्याइएको छ । बाँकी, २०० देखि ३०० किलोवाट क्षमतासम्मका २ वटा सवारी पनि सयुक्त राज्य अमेरिकाबाट आयात गरिएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit