विद्युत अपडेट

  • प्राधिकरण : ९५९५ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०२९० मे.वा.घन्टा
  • निजी क्षेत्र : २५००० मे.वा.घन्टा
  • आयात : ५९८२ मे.वा.घन्टा
  • निर्यात : १८९४ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५२८४२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २५७४ मे.वा.
२०८२ जेठ ३०, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

ट्रेन्डिङ

राजनीतिक पार्टीहरूका घोषणापत्रमा विद्युतीय सवारी प्रवर्द्धन

काठमाडौं । प्रतिनिधिसभाको चुनाव नजिक आइरहँदा राजनीतिक दलहरूले योजना र लक्ष्यसहित आ–आफ्ना घोषणापत्रहरू सार्वजनिक गरिरहेका छन् । हालसम्म ४ वटा दलहरूले विभिन्न प्रतिबद्धतासहित यस्ता घोषणापत्र सार्वजनिक गरे ।

देश विकासका दीर्घकालीन र अल्पकालीन कार्ययोजना र लक्ष्यसहित सत्तासिन दल नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा) ले आ–आफ्ना प्रतिबद्धता घोषणा गरेका छन् । उनीहरूले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै विद्युत उत्पादन, विद्युतीय सवारी प्रवद्र्धनदेखि सीमापार प्रसारण लाइन, सिँचाइ, खानेपानी, जलविद्युतलगायत क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गर्ने बाचा गरेका छन् ।

उत्पादनतर्फ आगामी ५ वर्षभित्र विद्युत जडित क्षमता १० हजार मेगावाट र १० वर्षमा १५ हजार मेगावाट पुर्याउनेदेखि मासिक ५० युनिट र हिउँदमा ३० युनिट विद्युत निःशुल्क दिनेसम्मका प्रतिबद्धता छन् । सबै राजनीति दलले निर्माणाधीन सबै प्रसारण लाइन ५ वर्षभित्र सम्पन्न गर्ने उद्घोष गरेका छन् ।

विद्युत खपत बढाउन देशभित्र विद्युतीय सवारी तथा चुलोलाई प्रवर्द्धन गरी सरल र सहज नीति निर्माण गरेर अघि बढ्ने योजना उल्लेख छ । देशको विद्युत खपत बढाई वातावरण प्रदूषण नियन्त्रणमा सहयोग पुर्याउने उदेश्यका साथ माओवादी केन्द्रले काठमाडौं उपत्यकामा कम्तीमा ५०० वटा विद्युतीय बस सञ्चालन गर्ने उद्घोष गरेको छ । प्रदेशका सहर तथा गाउँपालिकाहरूका सहरोन्मुख क्षेत्रमा विद्युतीय यातायात सञ्चालनको व्यवस्था गरी यसलाई विद्युतीय सवारीलाई प्रवर्द्धन गर्न विशेष सहुलियत र अनुदान प्रदान गर्ने प्रतिवद्धता जनाएको छ ।

प्रदेशका प्रमुख राजमार्ग र सहरहरूमा चार्जिङ स्टेसन निर्माण तथा सरल कार्यविधि कार्यान्वयन गरी डिजेल, पेट्रोल तथा ग्यासबाट चल्ने सवारी साधनलाई विद्युतीयमा रूपान्तरण गर्न प्रोत्साहन गर्ने प्रतिबद्धता जनाएको छ । संघ, प्रदेश तथा स्थानीय तहका सरकारी कार्यालयका लागि यातायातका साधन खरिद गर्नुपरेमा विद्युतीय साधन खरिद गर्ने नीति लिइने घोषणापत्रमा उल्लेख छ ।

यसैगरी, काँग्रेसले आफ्नो चुनावी घोषणापत्रमार्फत नयाँ पेट्रोल पम्पहरूमा विद्युतीय चार्जिङ स्टेसन राख्न अनिवार्य गरिने र हरेक ५० किलोमिटर सडक खण्डमा कम्तीमा एउटा चार्जिङ स्टेसनको व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ । साथै, ५ वर्षभित्र महानगरका अधिकांश गाडी विद्युतीय बनाउने उद्घोष गरेको छ ।

उता नेकपा एमालेको घोषणापत्रमा पनि विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्ने र सहरी क्षेत्रमा ठूला विद्युतीय सवारी सञ्चालनमा प्रोत्साहन गर्ने उल्लेख छ । राप्रपाले इन्धन आयात व्यापाक रूपमा कटौती गर्न, नेपालमा उत्पादित विद्युत नेपालमै खपत गर्न विद्युतीय सवारीको प्रयोग र सहुलियत दरमा विद्युत उपलब्ध गराउने नीति ल्याउने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३