विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । हरेक वर्षजसो आज (कात्तिक १८ गते) पनि तिहारको लक्ष्मीपूजाको दिन भित्रिएको छ । यो दिन धेरै प्रकारले भिन्न र महत्त्वपूर्ण भएर आउने गर्छ । त्यससँग आ–आफ्नै महिमा जोडिएका र्छन् । यस दिन देशको ऊर्जा देशका लागि समेत विशेष हुने गरेको छ ।

किनकि, पूर्ववत समयको अनुमान गर्ने हो भने आज वर्षैभरि सबैभन्दा बढी विद्युत माग र खपत हुने दिन पनि हो । देशबाट लोडसेडिङ अन्त्य भएको घोषणा भएपछि लक्ष्मीपूजाको दिन विद्युत जोहो गर्नुपर्ने चिन्ता कम हुन थालेको छ ।

केही वर्ष पहिलासम्म तिहार अर्थात् लक्ष्मीपूजामा बढी विद्युत खपत हुने हुँदा सर्वसाधारणदेखि व्यापारीसम्मलाई किफायति तरिकाले उपभोग गर्न विद्युत प्राधिकरणले अपिल गर्ने गथ्र्यो । अब त प्रणालीमा करिब २ हजार मेगावाटबराबर विद्युत परिमाण पुगिसकेको छ । यसले, माग र आपूर्तिलाई सन्तुलित बनाउने प्रयास गरेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कात्तिक १६ गते अर्थात् मंगलबार पत्रकार सम्मेलन गरी लक्ष्मीपूजाको दिन माग करिब १५ हजार मेगावाट पुग्ने बताएका थिए । यद्यपि, आज घिसिङले भने जस्तै माग १५ सय मेगावाट पुग्ने अवस्था नरहेको भार प्रेषण केन्द्रले जानकारी दिएको छ । केन्द्रका अनुसार हरेक वर्षको लक्ष्मीपूजा जस्तै आजको माग १२ सय मेगावाट हाराहारी पुग्ने अनुमान छ ।

विगत वर्षमा लक्ष्मीपूजा अर्थात् आजैका दिन विद्युत मागको अवस्था कस्तो थियो त ? यसबारे यहाँ छोटो चर्चा गरिएको छ ।

२०७३ सालको तिहार

यो वर्ष कार्तिक १४ गते लक्ष्मीपूजा परेको थियो । ऊर्जा मन्त्रालयमा जनार्दन शर्मा र प्राधिकरणमा घिसिङको नेतृत्व थियो । यो वर्ष कुलमानको पहिलो कार्यकालको सुरुवात पनि थियो । लोडसेडिङले देश आक्रान्त भइरहेकै बेला उज्यालो पर्व परेको थियो ।

चाहे जति बिजुली थिएन । लोडसेडिङ हटाउनुपरेको थियो, फसादै फसाद थियो । प्राधिकरण, निजी क्षेत्र र भारतबाट आयात गरेर त्यो साँझ पिक आवर (उच्च माग) मा जम्मा ९६० मेगावाट विद्युत आपूर्ति भएको थियो । ४८४ मेगावाट पुगेन, त्यसैले त्यति बाराबर लोडसेडिङ हुने नै भयो । त्यसैलाई जोडेर प्राधिकरणले त्यो लक्ष्मीपूजाको नेपालको उच्चतम माग १४४४ मेगावाट भन्यो ।

त्यो वास्तविक रेकर्ड गरिएको पिक डिमाण्ड (उच्च माग) थिएन । ‘इस्टिमेटेड (अनुमानित)’ थियो । इन्जिनियरिङ क्षेत्रमा अनुमान नगरी हुँदैन तर अनुमान गर्न जानेन भने बडो खतरनाक परिणाम निम्तिन सक्ने प्राधिकरण विद्युत व्यापार विभागका निर्देशक प्रबल अधिकारी बताउँछन् ।

उनका अनुसार विगतको लोडसेडिङ गलत अनुमानकै कारण भयावह भएको थियो, जति नहुनु पर्थ्याे ।

‘आपूर्ति कम र माग बढी अनुमान गरियो । त्यसलाई म गलत भन्न सक्दिनँ तर सैद्धान्ति भयो । वास्तविक भएन,’ उनले भने, ‘जसलाई (नन–?) अक्याडेमिक भनिन्छ । त्यस्तो अनुमानबाट पहिला लोडसेडिङ तालिका बनाएर बिजुली बाँड्दा बढी घण्टा लोडसेडिङ हुन पुग्यो । केही मानवीय त्रुटी पनि भए होलान्, आपूर्ति कम भएका बेला वितरणको सैद्धान्तिक दृष्टिकोणबाट ।’
जे होस्, त्यो दिन लक्ष्मीपूजाको दिन उत्साह थपियो । किनभने, काठमाडौंमा लोडसेडिङ भएन । त्यो साँझ काठमाडौं उपत्यकाको लोड ३१० मेगावाट थियो ।

सबैलाई बिजुली पुग्यो । काठमाडौंबासी रमाए । यसले मिडिया कभरेज पायो । ‘बिग न्यूज’ बन्यो । मन्त्री शर्माको हाइट चुलियो । कुलामान रातारात हिरो बन्न पुगे । त्यही उत्साह र उमङ्गगमा कुलमानको मनोबल बढ्यो । टिम बनए र झन् जोशमा काम गर्दै जाँदा उनी ‘सेलेब्रेटी’ नै बनेको अधिकारीको अनुभव छ । किनकि, लोडसेडिङ हटाएको अवस्थामा उनी प्राधिकरणबाट बाहिरिए । उनले मिहिनेत पनि गरे, भाग्यले पनि कतिपय अवस्थामा साथ दिएकै हो ।

सायद भागयले पनि मिहिनेतीलाई नै साथ दिन्छ ! सारा प्राधिकरणका कर्मचारीहरूले त्यो महान अभियानमा “टिम वर्किङ” गरेका हुन ।

२०७४ सालको तिहार

यो वर्ष लक्ष्मीपूजाको अधिकतम डिमाण्ड (माग) १५०८ मेगावाट पुगेको अनुमान भयो, खासमा भार नियन्त्रण कक्षमा रेकर्ड गरिएको त्यस दिनको आपूर्ति भने ११६५ मेगावाट थियो । अर्थात्, अनुमानित ३४३ मेगावाटबराबर लोडसेडिङ भएछ, त्यो (२०७४÷०७÷०२) साँझ ६ः५५ बजे ।

२०७५ सालको तिहार

यो वर्ष लक्ष्मीपूजा कार्तिक २१ गते परेको थियो । त्यो साँझ (साँझ ६ बजे) नेपालको पिक डिमण्ड (उच्च माग) १०९७ मेगावाट पुग्यो,। प्राधिकरणले भार नियन्त्रण कक्षबाट मिडियालाई ११०५ मेगावाट रिपोर्टिङ गरेको थियो । पछि वास्तविक हिसाब गर्दा केही फरक पर्न गएको थियो ।

२०७६ सालको तिहार

यो वर्ष पनि सदा झैँ अर्थात् केही अघिल्ला वर्षहरू झैँ प्राधिकरणका उच्च पदाधिकारीहरू एलडिसी (भार प्रेषण केन्द्र) मा पुगेका थिए । यो वर्ष लक्ष्मीपूजा कात्तिक १० गते परेको थियो । साँझ ६ः३० बजे अधिकतम माग ११२८.८८ मेगावाट रेकर्ड भयो । भार नियन्त्रण कक्षबाट भने १०८९ मेगावाट रिपोर्टिङ भएको थियो, जो पछि केही थप भएको पाइयो । यो वर्ष गत वर्षहरूभन्दा लक्ष्मीपूजा निकै पछि परेको हुँदा पिक लोड १२६५ मेगावाट रहेको थियो ।

तिहारमा उद्योग–धन्दा चल्दैनन् । प्राधिकरणका अनुसार तिहारको लोड वार्षिक पिक लोड हुन सक्दैन ।

२०७७ सालको तिहार

यो वर्ष लक्ष्मीपूजाका दिन करिब १०५०–११०० मेगावाट पिक लोड पुग्ने प्रक्षेपण गरिएको थियो । जसमा प्राधिकारणको ५२० मेगावाट, निजी क्षेत्र ४६० मेगावाट र भारतबाट करीब १२० मेगावाट गरी सम्पूर्ण माग आपूर्ति गर्ने लक्ष्य थियो । त्यति गर्दा प्राधिकरणसँग जगेडामा करिब २०० मेगावाट विद्युत थियो ।

यस वर्ष कात्तिक २९ गते परेको लक्ष्मीपूजाको दिन साँझ ६ः१५ बजे अधिकतम लोड ११३२ मेगावाट रेकर्ड गरिएको थियो । प्रक्षेपित लोड ११०० मेगावाटभन्दा बढेको लोड पुर्याउन भारतबाट १२० को सट्टा १५० मेगावाट आयात गर्नुपरेको थियो ।

२०७८ सालको तिहार

यो वर्ष कात्तिक १८ गते लक्ष्मीपूजा परेको छ । यो दिन अघिल्ला वर्षको तुलनामा माग केही बढ्ने कार्यकारी निर्देशक घिसिङले बताएका छन् । उनका अनुसार आज साँझको माग करिब १ हजार ५ सय मेगावाट पुग्नेछ । र, यो माग व्यवस्थापन गर्न कुलेखानी सञ्चालन गर्न नपर्ने उनको दाबी छ ।

प्रणालीमा पर्याप्त विद्युत भएको हुँदा कुलेखानी जलाशय सञ्चालन नगरी माग र आपूर्तिबीच सन्तुलन मिलाउन सकिने प्राधिकरणले बताइरहेको छ । प्रक्षेपण गरिएको उच्च माग १५ सय मेगावाट रहे पनि साँझ आपूर्तिपछि रेकर्ड हुने खपत परिमाण जान्न भने भरेसम्म पर्खिनुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit