विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सानिमा हाइड्रो पावर कम्पनीले दोलखामा ५६ मेगावाटको जुम खोला जलविद्युत आयोजना निर्माण गर्न उत्पादन अनुमति पाएको छ । बिगू गाउँपालिकाको वडा नम्बर १ मा पहिचान भएको आयोजना अघि बढाउन अनुमति पाएको हो । 

अध्ययन पूरा भएको आयोजनालाई उत्पादन अनुमति प्रदान गरिएको विद्युत विकास विभागले जनाएको छ । विभागका अनुसार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वातावरणीय प्रभाव मूल्याङकन प्रतिवेदन र आयोजनाको अध्ययन रिपोर्टका आधारमा उत्पादन अनुमतिपत्र दिइएको हो ।

आयोजनाको सम्पूर्ण संरचना जुम खोलाको बायाँ किनारामा रहने गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार करिब १० मिटर उचाई र ३६ मिटर लामो बाँध बाँधी खोलाबाट फकाईने पानीलाई १ हजार ५ सय १९ मिटर लामो हेडरेस पाइप मार्फत भुमिगत विुद्युतगृहमा पुर्याइनेछ ।

विद्युतगृहमा जडान हुने १४ मेगावाट क्षमताको ४ वटा टवाईनमा जोडिएको ४ वटा जेनेरेटरको सहायताले आयोजनाबाट विद्युत उत्पादन गरिनेछ । आयोजनाबाट सन् २०२६ भित्र विद्युत उत्पादन  गर्ने लक्ष्य छ । आयोजनाबाट वार्षिक ३२४.७५ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ । उत्पादन भएको विद्युत ३७ किलोमिटर दुरीको गर्जाङ सबस्टेसनमा जोडिनेछ ।

सानिमा हाइड्रो समूहले अहिलेसम्म ३१.५ मेगावाटका ३ आयोजना (माई २२ मेगावाट, माई क्यासकेड ७ मेगावाट, सुनकोसी २.५ मेगावाट) निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ । अहिले २८.१ मेगावाटको तल्लो लिखु, ७३ मेगावाटको मध्यतमोर र १४.९ मेगावाटको माथिल्लो मैलुङ आयोजना निर्माणाधीन छन् । 

यस्तै, २८५ मेगावाटको माथिल्लो तमोरले उत्पादन अनुमतिपत्र लिएको छ भने ७.५ मेगावाटको माथिल्लो मैलुङ ’बी’ अध्ययन भइरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit