विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । लामो समयदेखि स्वचालित मूल्य प्रणालीमा चलिरहेको नेपाल आयल निगमको सञ्चित घाटा साढे २ अर्ब रुपैयाँ पुगेको छ । भारतीय आयल कर्पोरेशन (आइओसी) सँगको पेट्रोलियम खरिदको तुलनामा स्थानीय बजारको बिक्री मूल्य कम हुँदा घाटा बढ्दै गएको हो ।

सामान्य अवस्थामा पेट्रोलियम पदार्थको बिक्री वितरण हुने हो भने हालको मूल्य सूचीअनुसार पनि १५ दिनमा ९३ करोड रुपैयाँ घाटा भइरहेको निगमका प्रवक्ता बिनितमणि उपाध्यायले बताए । ‘गत पुसदेखि नै निगम घाटामा जान सुरु गरेको थियो,’ उनले ऊर्जा खबरसँग भने, ‘६ महिनासम्म निरन्तर घाटा बेहोरिरहेका छौं ।’

अहिलेको बजार मूल्यमा बिक्री गर्दा सबैभन्दा बढी खाना पकाउने ग्यासमा घाटा भइरहेको उनको भनाइ छ । उनका अनुसार निगमलाई प्रतिसिलिण्डर ग्यासमा २५९ रुपैयाँ, पेट्रोलमा प्रतिलिटर ७ रुपैयाँ र डिजेलमा प्रतिलिटर ५ रुपैयाँ घाटा छ । यो घाटा १५ दिनमा बढेर ४० करोड रुपैयाँ पुग्ने गरेको पनि उनले बताए ।

अन्तर्राष्ट्रिय बजारमै पेट्रोलियम पदार्थको मूल्य आकासिएकाले पटक–पटक मूल्य बढाएर समायोजन गर्दा समेत घाटा बढिरहेको उनको तर्क छ । पछिल्लो समय निरन्तर घाटा बढिरहेकोले सञ्चित कोषको रकमबाट पूर्ति गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा प्रस्ताव गरेको उनले बताए ।

‘घाटा भएको बेलामा उपयोग गर्ने भनेर नै सञ्चिति कोष बनाइएको छ, लामो समयदेखि नोक्सान बेहार्नुपरेको हुँदा कोषको रकम खर्च गर्न पाउनुपर्छ भनेर प्रस्ताव गरेका छौं,’ उपाध्यायले थपे, ‘वाणिज्यबाट गएको प्रस्ताव अर्थ मन्त्रालयले स्वीकृत गरेपछि मात्रै कोषको रकम प्रयोग गर्न सकिन्छ ।’ 

हाल सञ्चिति कोषमा १२ अर्ब रुपैयाँ छ । निगमले निशेधाज्ञाको समयमा पनि २ पटक पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । गत मंगलबार नै आइओसीले फेरि नयाँ मूल्य सूची पठाएको छ । आइओसीबाट नयाँ मूल्य सूची आइसकेको भए पनि स्थानीय बजारमा मूल्य समायोजन गर्नेबारे निगमले निर्णय गरेको छैन । निशेधाज्ञाको समयमा खपत कम हुँदा पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै निगमको आलोचना हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३