विद्युत अपडेट

  • प्राधिकरण : ७३२२ मे.वा.घन्टा
  • सहायक कम्पनी : २८६४ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२४८७ मे.वा.घन्टा
  • आयात : १२८९५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३०५१ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८६१९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९०६ मे.वा.
२०८१ ब‌ैशाख ६, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल आयल निगमले २ अर्ब २० करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ । निगमले कम्पनी ऐन २०६३ को दफा १०९ को उपदफा ४ मा भएको प्रावधानअनुसार आर्जन भएको मुनाफाबाट सेयरधनीलाई लाभांश बाँड्न लागेको हो ।

निगमको मंगलबार सम्पन्न ३९औं वार्षिक साधारणसभाले सेयरधनीलाई नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो । चुक्ता पुँजीको २० प्रतिशत हुन आउने रकम लाभांशकोरूपमा वितरण गर्ने प्रस्ताव साधारणसभाबाट पारित भएको निगम प्रवक्ता बिनितमणि उपाध्यायले जानकारी दिए । उनका अनुसार निगमले गत आर्थिक वर्ष २०७६/०७७ मा १२ अर्ब ९१ करोड ४८ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । 

निगममा सरकारको ९९.४६ प्रतिशत सेयर स्वामित्व छ । सेयरधनीमा उद्योगा वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थमन्त्रालय, वाणिज्य आपूर्ति तथा संरक्षण विभाग, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय बाणिज्य बैंक र नेपाल बैंक छन् ।

सेयरधनी मध्ये सबैभन्दा बढी अर्थ मन्त्रालयको ७३.४१ प्रतिशत स्वामित्व छ । उद्योण वाणिज्य तथा आपूर्ति मन्त्रालयको २०.३२, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको ५.७३ सेयर स्वामित्व छ । अन्य संस्थाको ०.५४ प्रतिशत हाराहारीमा स्वामित्व रहेको निगमले जनाएको छ ।

साधारणसभाले आव २०७६/७७ को लेखापरीक्षणको वित्तीय विवरण पनि पारित गरेको छ । पहिलो पटक नेपाल वित्त रिपोर्टिङ मापदण्ड (एनएफआरएस) अनुसार तयार पारित गरिएको वित्तबीय विवरण साधारणसभाबाट पारित भएको निगमले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit