विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सुदूरपश्चिम प्रदेशमा उत्पादित विद्युत प्रवाह गर्न निर्माण गरेको १३२ केभी अत्तरिया–बलाँच प्रसारण लाइन आयोजनाको दोस्रो सर्किट सञ्चालनमा आउन नसक्दा त्यस क्षेत्रको विद्युत खेर जाने अवस्था सिर्जना भएको छ । लाइनको सिंगल सर्किट २०७४ मा नै सञ्चालनमा आएपनि दोस्रो सर्किट अझैसम्म चार्ज हुन सकेको छैन ।

१३१ किलोमिटर लामो लाइनको दोस्रो सर्किट चार्ज हुन नसक्दा प्रदेश अन्तर्गतको दार्जुला, बझाङ, बाजुरा लगायतका जिल्लामा निर्माणाधीन र निर्माण सम्पन्न हुन लागेका आयोजनाको विद्युत खेर जान लागेकाे ऊर्जा उद्यमी गुरुप्रसाद न्यौपानेले बताए ।

‘लाइनको दोस्रो सर्किट चार्ज गर्न ढिलाई भएमा प्रदेशका विभिन्न जिल्लामा निर्माण अन्तिम चरणमा पुगेका र परिक्षणकाे तयारीमा रहेका आयोजनाहरूको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा आउन सक्दैनन्’, उनले भने, ‘विद्युत खेर जान नदिन प्राधिकरणले यो लाइन छिटो भन्दा छिटो चार्ज गर्नुपर्छ ।’

दुर्गम क्षेत्रमा पुगेर आयोजना निर्माण गर्दा समेत प्रसारण लाइनको समस्याले विद्युत खेर जाने अवस्था आउनु दु:खद भएको न्यौपानेले बताए । ‘अपि पावर कम्पनीले निर्माण गरेको ४० मेगावाटको माथिल्लो चलेलिया जलविद्युत आयोजनाको काम पनि अन्तिम चरणमा पुगेको छ । बर्खा सुरु हुन लागेकोले पूर्ण क्षमतामा चल्ने बेला विद्युत खेर जान नदिन दोस्रो सर्किट चाँडै चार्ज गर्ने प्रबन्ध मिलाउनुपर्छ’ उनले भने ।

प्राधिकरणले लामो समयदेखि स्थानीय अवरोधले अवरुद्ध प्रसारण लाइनको दोस्रो सर्किटको निर्माण भर्खरै पूरा गरेको छ । दोस्रो सर्किटको काम सकिएपछि अहिले ठेकेदारले लाइनको पेट्रोलिङ गरिरहेको छ ।

१३२ केभी सिंगल सर्किट क्षमताको लाइनले बढीमा १५० मेगावाटसम्म विद्युत प्रवाह गर्न सक्ने इन्जिनियरहरू बताउँछन् । अहिले यो लाइनमा ११३.२९ मेगावाट विद्युत जोडिसकेको छ । अपिको १६.५ मेगावाट, प्राधिकरणको चमेलियाको ३० मेगावाट, कपारीगाडको ३ मेगावाट, कालंगा बेसिनको दुई आयोजनाको ५३.७९ (३८.४६ मेगावाटको माथिल्लो कालंगा गाड र १५.३३ मेगावाटको कालंगा गाड) मेगावाट र मकरीगाडको १० मेगावाट बिजुली प्रवाह भइरहेको छ ।

यही लाइनमा बिजुली प्रवाह हुने माथिल्लो चमेलियाले पनि जेठ अन्तिम सातादेखि उत्पादन थाल्ने कम्पनीले जनाएको छ । बजाङको कालंगा बेसिनमा निर्माणाधीन १०.७० मेगावाटको सानिगाडको पनि काम अन्तिम चरणमा पुगेको छ ।

यस्तै, चमेलिया बेसिनमा करिब १४४ मेगावाटका (२८ मेगावाटको मध्य चमेलिया, ८६ मेगावाटको छत्तिगाड, ३० मेगावाटको बझाङ सेती) आयोजनाको अध्ययन पूरा भई निर्माणको चरणमा छन् । यस्तै, बझाङमा ८ मेगावाटको तल्लो कालंगागाड, ११.०५ मेगावाटको अप्पर सुनिगाडले निर्माण अनुमतिका लागि आवेदन दिएको विद्युत विकास विभागको तथ्यांकमा उल्लेख छ । प्राधिकरण र निजी क्षेत्रले अरू आयोजनाहरू पनि अध्ययन गरिरहेका छन् ।

याे पनि पढ्नुहाेस

अत्तरिया–बलाँच प्रसारण लाइनका विभिन्न खण्डमा समस्यै समस्या

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit