विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बहुप्रतिक्षित ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको बालुवा थिग्राउने पोखरी (डिसेन्डर) को परीक्षण सुरु भएको छ । विद्युत उत्पादन सुरु गर्नुअघि कुनै समस्या भए/नभएको पहिचान गर्न आइतबारबाट पोखरीमा पानी भरेर परीक्षण सुरु गरिएको हो ।

अबको १ सातासम्म पोखरीमा पानी भरेर परीक्षण गरिने आयोजनाका प्रवक्ता गणेश न्यौपानेले बताए । ‘बिहानैदेखि तामाकोसी नदीको पानी पोखरीमा जम्मा गरिरहेका छौं,’ उनले ऊर्जा खबरसँग भने, ‘ पोखरी पूर्णरूपमा भरिन ४/५ दिन लाग्छ । पोखरी भरेर परीक्षण गरेपछि समस्या भए/नभएको थाहा हुनेछ ।’

तामाकोसी नदीको पानी यही पोखरीमा थिग्राएर मुख्य सुरुङ हुँदै विद्युतगृहमा लगेर खसाली विद्युत उत्पादन सुरु गरिनेछ । पोखरीको परीक्षण सुरु भएकाले प्रवर्द्धक अप्पर तामाकोसी जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठसहितको उच्च व्यवस्थापन समूह अहिले आयोजना स्थलम पुगेकाे छ ।

सबै संरचनाको परीक्षण गरेर २०७८ बैशाखभित्र आयोजनाको पहिलो युनिटबाट ७६ मेगावाट विद्युत उत्पादन गर्ने गरी काम भइरहेको पनि न्यौपानेले बताए । बाँधकाे पनि पहिले नै परीक्षण सकिएकाे छ । उनले एक्सपान्सन ज्वाइन्ट पाइपको विकल्पमा मुख्य सुरुङबात तीव्र बेगमा आउने पानीलाई विद्युतगृहमा जडान भएको टर्वाइनमा खसाल्नुअघिको उच्च गति व्यवस्थापन गर्न गरिने वेल्डिङका लागि आवश्यक उपकरण तथा सामाग्री आयोजना स्थलमा आइसकेको जानकारी दिए । 

चैतभित्र वेल्डिङपछिको ढलान कार्य पूरा गरेर बैशाखदेखि पहिलो युनिट सञ्चालन गर्ने तयारी छ । असारभित्र ६ वटै युनिट सञ्चालन गर्ने तयारी छ ।
भारतीय कम्पनीले सुरुको डिजाइनअनुसारको एक्सपान्सन ज्वाइन्ट पाइप उत्पादन गर्न नसकेपछि गत पुसमा डिजाइन परिवर्तन गरिएको थियो ।

आयोजनामा एउटा निश्चित (फिक्स) र अर्को झिक्न मिल्ने गरी २ वटा एक्सपान्सन ज्वाइन्ट पाइप राख्ने सुरुको डिजाइन रहेकामा अन्र्राष्ट्रिय परामर्शदाताको सिफारिसमा फिक्स डिजाइनमात्रै परिवर्तन गरिएको थियो ।

आयोजनाको बाँध र विद्युतगृहको काम पहिले नै पूरा भइसकेको छ । विद्युतगृहमा टर्बाइन तथा ट्रान्सफर्मर जडान २ वर्षअघि नै भइसकेको छ । प्रसारण लाइन निर्माणको काम पनि अन्तिम चरणमा छ । विद्युतगृहमा ७६ मेगावाटका ६ वटा युनिट (टर्बाइन) जडान हुने आयोजनाबाट हिउँदमा भने करिब ९० देखि १०० मेगावाटमात्र विद्युत् उत्पादन हुन्छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit