विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २७, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बलेफी हाइड्रो पावर कम्पनीको सेयर आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले गत चैत १६ गतेदेखि खुल्ला गरेको सेयर आवेदन अवधि आज साँझ ५ बजेबाट सकिन लागेको हो ।

कम्पनीले सर्वसाधारणका लागि सय रुपैयाँ अंकित १८ करोड २७ लाख रुपैयाँ बराबरको १८ लाख २७ हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो । निष्कासीत सेयरमध्ये ७३ हजार १ सय १९ कित्ता अर्थात् ४ प्रतिशत आफ्ना कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ ।

यस्तै, ५ प्रतिशत अर्थात् ९१ हजार ३ सय ९८ कित्ता सेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी १८ लाख २७ हजार कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । सेयर खरिदका लागि छिटोमा चैत २१ गते (आज) र ढिलोमा ३० गतेसम्म आवेदन दिन पाइने कम्पनीले जनाएको छ ।

कम्पनीले सेयर निष्कासन, बिक्री तथा बाँडफाँडका लागि ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ । यसअघि स्थानीयका लागि सेयर निष्कासन गरी बाँडफाँड गरिसकिएको छ । कम्पनीले निर्माण सम्पन्न गरेको ३६ मेगावाटको माथिल्लो बलेफी ‘ए’ जलविद्युत आयोजनाको परीक्षण चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit