विद्युत अपडेट

  • प्राधिकरण : ८९२६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३८४२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २९७६५ मे.वा.घन्टा
  • आयात : ३६८० मे.वा.घन्टा
  • निर्यात : ४१९२ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५६२१३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६२९ मे.वा.
२०८३ जेठ २६, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडको साधारण सभा भदौ १७ गते हुने भएको छ । सञ्चालक समितीको साउन २३ गते बसेको बैठकले कम्पनीको विशेष साधारण सभाको मिती तय गरेको हो ।

कम्पनीका अनुसार उक्त साधारण सभा भदौ १० गते बिहान ११ बजे डेलिस ओपेरा एण्ड बैंक्वटमा गर्ने भनी दुई पटक सूचना प्रकाशित गरिएपनि उक्त दिन सभा सञ्चालनका लागि गणपुरक संख्या नपुगेका कारण सभा स्थगित गरी भदौ १७ गतेका लागि मिती तय गरिएको हो ।

सधारणसभामा बोनस सेयर वितरण र कम्पनीको प्राप्ति पश्चात कायम हुन आउने चुक्ता पूँजीको ५० प्रतिशत अर्थात १०ः५ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरिनेछ । सभामा कम्पनीको प्राप्ति पश्चात जारी पुँजी वृद्धि गर्ने विषयमा छलफल गरिनेछ ।

यस्तै, कम्पनीको सय रुपैयाँ अंकित २२ हजार ४ सय ७० कित्ता साधारण सेयरलाई व्यवस्थापन गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने सम्बन्धको प्रस्तावमा पनि छलफल गरिनेछ । कम्पनीको कल इन एरियस्को हिसाव मिलान गर्नका लागि उक्त सेयर सञ्चालक समितिलाई अख्तियार दिने भएको हो ।

कम्पनीको सिन्धुपाल्चोकमा निर्माण गरेको ७.५ मेगावाटको इन्द्रावती तेस्रो जलविद्युत आयोजना सञ्चालनमा छ । भोजपुरमा सहायक कम्पनीमार्फत १४.१५ मेगावाटको तल्लो इर्खुवा जलविद्युत अयोजना पनि निर्माण गरिहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३