विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । दोर्दी खोला जलविद्युत आयोजनाको सेयर आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले जेठ २६ गतेदेखि सर्वसाधरणका लागि निष्कासन गरेको सेयर आवेदन अवधि आज ५ बजेबाट सकिन लागेको हो । 

कम्पनीले सर्वसाधारणका लागि सय रुपैयाँ अंकित २१ करोड ९४ लाख ५० हजार ९ सय रुपैयाँ बराबरको २१ लाख ९४ हजार ५०९ कित्ता साधारण सेयर निष्कासन गरेको थियो । कम्पनीका अनुसार यसमा आयोजना प्रभावित स्थानीयले नकिनेको २ लाख ९७ हजार ८४० किता सेयरसमेत जारी गएिको हो । 

निष्कासन गरेको सेयरमध्ये ६५ हजार ८६५ कित्ता आफ्ना कर्मचारीका लागि छुट्याएको छ । यस्तै, १ लाख ९ हजार ७७५ कित्ता सामुहिक लगानी कोषका लागि र बाकी रहेको २० लाख १९ हजार ८६९ कित्ता सेयर सर्वसाधारणका निष्कासन गरिएको छ । 

कम्पनीको सेयर न्यूनतम १० कित्तादेखि अधिकतम १७ लाख कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ ।

कम्पनीले साबिक ढोडेनी, फलेनी र बन्सार गाविस, हाल दोर्दी गाउँपालिका दोर्दी खोलाको पानी उपयोग गरी १२ मेगावाट क्षमताको दोर्दी–१ जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ । आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit