विद्युत अपडेट

  • प्राधिकरण : ७१६८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३९६५ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११६९९ मे.वा.घन्टा
  • आयात : १२५३९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २५५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७९२२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९१३ मे.वा.
२०८१ चैत २६, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । कृषि  उत्पादकत्व बढाउने उद्देश्यले मकवानपुरका विभिन्न भागमा सञ्चालित १०१ साना सिँचाइ योजना पूरा भएका छन् ।बागमती प्रदेशको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले चालु आर्थिक वर्षमा १९१ वटा योजना पूरा गर्ने लक्ष्य रहेकामा गत फागुनसम्ममा १०१ योजना सम्पन्न भएका जनाएको छ।

ती योजनामा १७ करोड ८९ लाख ४७ हजार ६७५ रुपैयाँ खर्च भएको बताइएको छ । १९१ योजनाका लागि ३८ करोड ९८ हजार रुपैयाँ विनियोजित रकममध्ये सम्पन्न भएका योजनामा रु १७ करोड ८९ लाख ४७ हजार ६५७ खर्च भएको छ । सम्पन्न योजनाअन्तर्गत नदी नियन्त्रणतर्फ ४ वटा, सिँचाइसम्बन्धी ८० वटा, मझौला सिँचाइ योजना १, तथा अन्य १५ वटा योजना सम्पन्न भएका छन् । 

योजनाअन्तर्गत चालु आवको हालसम्म ५ हजार मिटर कुलो, ७ वटा कल्भर्ट, २ वटा पक्की सिँचाइ मुहान, तीनवटा सिँचाइ पुल निर्माण, १२४ मिटर जाली निर्माण, ३ हजार १७६ जाली बाँध निर्माण, २ हजार ३८० मिटर बाँध निर्माण, ६ हजार ४५० मिटर लामो पाइपबाट सिँचाइ कुलो निर्माण भएको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका प्रमुख निर्मल दाहालले जानकारी दिए । 

पुरानो नहरको  संरचना मर्मतबाट ५०० हेक्टर जमिन तथा थप नयाँ सिँचाइ योजनाबाट २०० हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको तथा अन्य संरचनाको मर्मत र निर्माण भइरहेको छ । 
 
मकवानपुर जिल्लामा हालसम्म ६२ हजार १७ हेक्टर खेतीयोग्य जमिन भएपनि २० हजार हेक्टरमा मात्र  सिँचाइ सुविधा पुगेको छ । चालु आवको अन्तिमसम्ममा पुराना तथा नयाँ सिँचाइ योजना सम्पन्न भएमा १ हजार ५० हेक्टर थप जमिन सिञ्चित हुने कार्यालयको जनाएको छ । 

बागमती प्रदेशको जलस्रोत तथा सिँचाइ विकास मन्त्रालयले दुई वर्ष अगाडि प्रदेशका १३ जिल्लामा खेतीयोग्य जमिन तथा त्यहाँ उपलब्ध सिँचाइ सुविधाबारे सर्वेक्षण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३