विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेशनल सोलार पावर कम्पनीले ३.७६८ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्ने भएको छ । कम्पनीले १५ मेगावाटको सौर्य  आयोजनाको विद्युत राष्ट्रिय प्रणालीमा जोड्न ३३ केभी प्रसारण लाइन निर्माण गर्न लागेको हो ।

लुम्बीनी प्रदेश, नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिका वडा नम्बर ६ मा अवस्थित ग्रीडमा आबद्ध सौर्य विद्युत आयोजना ५ मेगावाटको स्वीटचार्डदेखि १० मेगावाटको स्वीचार्डसम्म सिंगल सर्किट रहने र सो स्वीटचार्डदेखि नेपाल विद्युत प्राधिकरणको गण्डक सबस्टेसनसम्म डबल सर्किट प्रसारण लाइन निर्माण गर्ने लागेको कम्पनीले जनाएको छ ।

अध्ययन पूरा भएको लाइनको निर्माण अनुमतिका लागि विद्युत विकास विभागमा आवेदन दिइएको कम्पनीले जनाएको छ । कम्पनीलाई अनुमति पत्र दिन विभागले ३५ दिने सूचना जारी गरेको छ । विभागले अनुमतिपत्र दिनुअघि प्रसारण लाइन निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरबारे सम्बन्धित सरोकारवालासँग राय/सुझाव मागेको छ । प्रभावित कम्पनीको कार्यालय वा विभागमा आइपुग्ने गरी राय/सुझाव पठाउनुपर्नेछ ।

प्रसारण लाइनमा १२८ वटा पोल रहेनछ । जमिनको सतहबाट पोलको औसत उचाई ११ देखि १३ मीटर तथा पोलहरू बिचको औसत दुरी ५० देखि ६० मिटरको हुनेछ ।

आयोजना निर्माणको लागि कूल २.९८६ हेक्टर जमिन आवश्यक पर्नेछ । जसमध्ये ०.०४२ हेक्टर जमिन पोलहरूको लागि र १.९४४ हेक्टर राइट अफ वे को लागि उपयोग गरिने तथा १ हेक्टर आयोजनाको सहायक सुविधाको लागि प्रयोग गरिनेछ ।

यो प्रसारण लाइनको निर्माण कार्य ६ महिना भित्र सम्पन्न गरिने लक्ष्य रहेको छ । प्रसारण लाइन निर्माण गर्दा भू–क्षय, बाढी, वायु प्रदुषण आदिद्वारा वातावरणमा उल्लेखनीय प्रतिकुल असर नपर्ने गरी निर्माण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit