विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपालले बंगलादेशलाई बिजुली बेच्ने विषयमा केही दिनभित्रै सम्झौता हुने भएको छ । यसका लागि विद्युत् खरिद–बिक्रीको दर करिब टुंगो लागिसकेको र सम्झौता हुन मात्र बाँकी रहेको ऊर्जा सचिव गोपालप्रसाद सिग्देलले बताए । ‘बिजुली खरिद–बिक्रीको दरबारे मोटामोटी टुंगो लागेको छ,’ ऊर्जा खबरसँग उनले भने, ‘केही दिनमा यो विषय टुंगिन्छ र सम्झौता हुन्छ ।’

फागुन ११ देखि १४ गतेसम्म विश्व बैंकले सिंगापुरमा आयोजना गरेको सार्क ऊर्जा सचिवस्तरीय बैठकका दौरान दुई देशका सचिवस्तरीय साइडलाइन वार्तामा बिजुली खरिद–बिक्रीको दरबारे मोटामोटी टुंगो लागेको उनले बताए । भारतलाई बेचेको बिजुलीको मूल्यभन्दा कम नहुने गरी बंगलादेशलाई बेच्ने बिजुलीकाे मूल्यमा सम्झौता गर्ने टुंगाेमा पुगिएकाे उनले बताए ।

मध्यकालीन सम्झौता अनुसार नेपालले भारतलाई प्रतियुनिट औषत ८ रुपैयाँ ४० पैसामा बिजुली बिक्री गरिहेको छ । त्यसाे हुँदा भारतलाई दिएकाे मूल्यमा नघट्ने गरी प्रतियुनिट ८ रुपैयाँदेखि ९ रुपैयाँसम्ममा बिजुली खरिदबिक्री गर्ने सहमति भएको छ । ‘यो सहमतिसँगै बंगलादेशमा बिजुली निर्यात गर्ने विषयले सार्थकता पाउन लागेको छ,’ उनले भने, ‘यसले तेस्रो देशसँग विद्युत् व्यापारको ढोका खोलेको छ ।’

बिजुली बिक्रीकै विषयमा छलफल गर्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोली ९ फागुनमा बंगलादेश गएको थियो । टोलीले बंगलादेश पावर डेभलपमेन्ट बोर्डअन्तर्गतको बोलपत्र मूल्यांकन समितिसँग १० फागुनमा वार्ता गरेको थियो । तर, वार्तामा नेपालले भारतलाई बिक्री गरेको भन्दा कम मूल्यमा बंगलादेशले ४० मेगावाट विद्युत् नेपालसँग खरिद गर्ने अडान राखेको थियो । उक्त अडानका कारण कुरा मिल्न नसकेपछि टोली फर्किएको थियो ।

हालै सिंगापुरमा भएको दुई देशका सचिवस्तरीय वार्तामा भने भारतलाई दिएको भन्दा बढी मूल्य दिन तयार भएको ऊर्जा मन्त्रालयका प्रवक्ता सहसचिव नवीनराज सिंहले समेत पुष्टि गरे ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit