विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ फाल्गुण १४, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
ढल्केवर–मुजफ्फरपुर सीमापार प्रसारण लाइन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ढल्केवर–मुजफ्फरपुर ४०० केभी सीमापार प्रसारण लाइनअन्तर्गत भारतीय खण्ड निर्माणका लागि स्थापित क्रस बोर्डर पावर ट्रान्समिसन कम्पनीको बिक्रीमा रहेको संस्थापक सेयर किन्न नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको छ । कम्पनीले बिक्रीमा राखेको भारतीय कम्पनी आइएल एन्ड एफएसको २९ लाख ७३ हजार १ सय ६३ कित्ता संस्थापक सेयर प्रतिकित्ता भारु १९.०५ का दरले खरिद गर्न मन्त्रालयले प्राधिकरणलाई स्वीकृति दिएको हो ।

उक्त सेयर खरिद गर्न आवश्यक ९ करोड ७ लाख ६ हजार ९ सय ६६ रुपैयाँ लगानी गर्न मन्त्रालयले विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ को दफा ३ को उपदफा (२) बमोजिम साेमबार राजपत्रमा सूचना प्रकाशित गरी प्राधिकरणलाई स्वीकृति दिएको जनाएको छ ।

कूल १२७.६५ किलोमिटर लामो उक्त लाइन निर्माण गर्न भारततर्फ मुजफ्फरपुरदेखि सुरसन्डसम्म ८५.५५ किलोमिटर लाइन निर्माण गर्ने नेपाल र भारतको संयुक्त लगानीको कम्पनी सिपिटिसी स्थापना गरिएको थियो । यस कम्पनीमा नेपाल विद्युत् प्राधिकरणको १० प्रतिशत संस्थापक सेयर पहिल्यैदेखि रहेको छ । यसमा आइएल एन्ड एफएसको ३८ प्रतिशत सेयर साझेदारी रहेको थियो ।

त्यस्तै, नेपालतर्फ भिठ्ठामोडदेखि ढल्केबरसम्म ४२.१० किलोमिटर लाइन निर्माण गर्न पावर ट्रान्समिसन कम्पनी नेपाल (पिटिसिएन) को स्थापना गरी काम गरिएको थियो । यो कम्पनीमा आइएल एन्ड एफएससहित भारतीय कम्पनीको ५० प्रतिशत हिस्सेदारी रहेको छ ।

नेपाल र भारत दुवैतर्फका दुई संयुक्त कम्पनीले सन् २०१६ फेब्रुअरी २० तारिकमा प्रसारण लाइन निर्माण पूरा गरी सञ्चालनमा ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३