images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । मकरी गाड हाइड्रो पावर प्राइभेट लिमिटेडमा रोजगारीको अवसर खुलेको छ । कम्पनीले दार्चुला जिल्लाको अपि हिमाल गाउँपालिका स्थित निर्माण भइरहेको १० मेगावाट क्षमताको मकरी गाड जलविद्युत आयोजनामा खटाउने गरी १७ कर्मचारीको माग गरेको हो ।

१ जना मेकानिकल इन्जिनियर, १ जना सिभिल इन्जिनियर, १ जना इलेक्ट्रीकल इन्जिनियर, १ जना सहायक इन्जिनियर र १ जना सिभिल अधीक्षको लागि आवेदन खुलाएको कम्पनीले जनाएको छ । एक जना इलेक्ट्रीकल अधीक्षक, ७ जना निर्माण पर्यवेक्षणका लागि र ४ जना रुपवे पर्यवेक्षणमाका लागि आवेदन माग गरिएकाे छ । 

 कम्पनीका अनुसार मेकानिकल इन्जिनियरका लागि मेकानिकल इन्जिनियरमा स्नातक तह उत्तीर्ण गरी कम्तीमा सोही क्षेत्रमा ३ वर्ष काम गरेका अनुभव हुनुपर्नेछ । सिभिल इन्जिनियरको लागि सिभिल इन्जिनियरिङमा स्नातक तह उत्तीर्ण गरी सोही क्षेत्रमा ३ वर्ष काम गरेको हुनुपर्ने, इलेक्ट्रीकल इन्जिनियरिङमा स्नातक तह उत्तीर्ण गरी २ वर्ष अनुभव हुनुपर्ने, सहायक इन्जिनियरिङका लागि सोही विषयमा डिप्लोमा गरी ५ वर्ष काम गरेको अनुभव हुनुपर्नेछ । 

इच्छुकले व्यक्तिले ७ दिनभित्रमा आवेदन दिइसक्नु पर्नेछ । आवेदकले बायोडाटा, फोटो, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रामाणपत्रको प्रतिलिपि, कार्य अनुभव प्रमाणपत्रसहित आवेदन बुझाउनु पर्नेछ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit