विद्युत अपडेट

  • प्राधिकरण : ९५९५ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०२९० मे.वा.घन्टा
  • निजी क्षेत्र : २५००० मे.वा.घन्टा
  • आयात : ५९८२ मे.वा.घन्टा
  • निर्यात : १८९४ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५२८४२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २५७४ मे.वा.
२०८२ जेठ ३१, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

दोलखा । दोलखा र रामेछापको सिमाना भएर बग्ने खिम्ती खोलामा निर्माणाधीन खिम्ती–२ आयोजना निर्माण तीव्र गतिका साथ भइरहेको छ । आयोजनाको भौतिक प्रगति ८० प्रतिशत पुगिसकेको छ । आयोजनाको मुख्य सुरुङ खन्ने, खनिएका सुरुङमा लाइनिङ र कंक्रिटिङ गर्ने, हेडवर्क्सका संरचनाअन्तर्गत बाँध निर्माण, खोलाको दुवैतिर तटबन्ध गर्ने, इन्टेक निर्माण, डिस्याण्डर लगायतको संरचना निर्माणको काम भइरहेको छ । आयोजनाले आउँदो वर्षायामअघि नदी क्षेत्रको काम पूरा गरेर डिस्याण्डर लगायतका कामहरू मात्रै बाँकी राख्ने तयारी गरेको छ ।

४८.८ मेगावाट क्षमताको खिम्ती–२ जलविद्युत् आयोजनामा मुख्य सुरुङसहित काम गर्न विभिन्न स्थानमा सहायक सुरुङसहित ८ हजार ३ सय ५ मिटर सुरुङ निर्माण गर्नुपर्छ । त्यसमध्ये मुख्य पानी बग्ने सुरुङ, सर्ज साफ्ट, ठाडो सुरुङ र काम गर्न जाने सहायक सुरुङसहित अब मुख्य सुरुङको काम अब १ सय ७० मिटर मात्रै बाँकी छ । त्यो सुरुङ आउँदो चैत अन्त्यसम्म छिचोल्ने गरी काम भइरहेको खिम्ती–२ जलविद्युत् आयोजनाको प्रबद्र्धक कम्पनी पिपुल्स इनर्जी लिमिटेडका जनसम्पर्क अधिकृत हरिशरण अधिकारीले जानकारी दिए । मुख्य सुरुङको जिरी नगरपालिका वडा नंम्बर ८ खण्डमा कमजोर चट्टानका कारण केही ढिला भएको थियो ।

आयोजनाको माथिल्लो ठाडो सुरुङ १ सय ६२ मिटर र तल्लो ठाडो सुरुङ ६७ मिटरको रहेको छ । यो एक वर्षअघि छिचोलेर पेनस्टक पाइप राख्ने काम जारी छ । आयोजनाको ६५ मिटर ठाडो सुरुङको सर्जसाफ्टको काम पनि सकिएको छ । सर्जसाफ्ट विद्युत्गृह एक्कासी बन्द गर्दा हेडवर्क्सको सुरुङबाट आएको पानी निकासका लागि बनाइएको हो ।

आयोजनाको हाइड्रोमेकानिकल पेनस्टक पाइपका लागि पाता ल्याएर साइटमै ल्याएर पाइप बनाएर जडानको काम पनि जारी छ । ठाडो र तेस्रो सुरुङमा ८ सय मिटर पेनस्टक पाइप जडान गर्नुपर्छ । हेडवर्क्सका मुहानहरूमा राख्ने गेटहरू पनि ढुवानी गरी जडानसमेत हुँदै छन् । अहिले ६० मेगावाटको खिम्ती–१ जलविद्युत् केन्द्रको बाँधभन्दा ३ सय मिटरमाथि विद्युत् गृह निर्माणको भवन निर्माण गरी उपकरण जडानको काम जारी छ । जेनेरेटर लगायतका ठूलो उपकरण पनि आउँदो वर्षात्अघि गर्ने लक्ष्य राखेको छ ।

कम्पनीले सुरुवातमा यो आयोजना ३ वर्षमा सम्पन्न गर्ने गरी इपिसिएफ (इन्जिनियरिङ, खरिद, निर्माण तथा वित्तीय व्यवस्थापन) मोडलमा निर्माण गर्न चीनको च्वङक्विङ वाटर टर्बाइन वर्क (सिडब्ल्युटिडब्ल्यू) कम्पनीलाई जिम्मा दिएको थियो । सबै प्रक्रिया पूरा गरी आयोजनाको काम थाल्ने समयमा कोरोना (कोभिड–१९) महामारी सुरु भएकाले चिनियाँ कम्पनीका प्राविधिक तथा कामदार चीनबाट नेपाल आउन नसकेपछि कम्पनीले नेपालकै हाइ हिमालय हाइड्रो कन्स्ट्रक्सन कम्पनीसँग सम्झौता गरी सिभिलको काम अघि बढाएको हो । 

आयोजना सम्पन्न गर्न ८ अर्ब ६४ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा सानिमा बैंकको अगुवाइमा अन्य ९ बैंकले ऋण लगानी गरेका छन् । आयोजना सम्पन्न भई आउँदा वार्षिक २६ करोड युनिट विद्युत् उत्पादन हुनेछ । हिउँदको उत्पादन साढे ४ करोड युनिट र बर्खाको उत्पादन साढे २१ करोड युनिट उत्पादन हुनेछ ।

दोलखाको जिरी नगरपालिका जिरीसिक्री दोभान पहिरेबाट खोला फर्काएर खिम्ती–१ जलविद्युत् आयोजनाभन्दा ३ सय मिटर माथि तामाकोसी गाउँपालिका–७ मा विद्युत्गृह बनाई विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । आयोजनाको सुरुङ, विद्युत्‌गृह दोलखाको जिरी नगरपालिका–८ र ९ तथा तामाकोसी गाउँपालिका–७ मा तयार हुने छ ।

आयोजनाबाट उत्पादित विद्युत् २ किलोमिटर लामो १३२ केभीको प्रसारण लाइनबाट गर्ज्याङ–खिम्ती १३२ केभी प्रसारण लाइनमा जोडिने छ । प्रसारण लाइनका लागि ७ वटा टावर निर्माण हुनेछन् । विद्युत् प्रसारणका लागि सबस्टेशन र टावरको सिभिलको काम जारी छ ।

आयोजनाको सिभिल निर्माणको काम हाइहिमालय हाइड्रो कन्स्ट्रक्सन, हाइड्रोमेकानिकल निर्माणको काम ग्लोबल हाइड्रो अष्ट्रिया, र इलेक्ट्रोमेकानिकलतर्फका उपकरण आपूर्ति तथा जडान कार्य क्रिम हाइड्रोले पाइप र सिबीएमल भारतीय कम्पनीले गेटको काम गर्ने गरी ठेक्का पाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३