विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । म्याग्दी जिल्लाको घारखोलामा निर्माण भएकाे १४ मेगावाटको घारखोला जलविद्युत आयोजनाको काम सकिएकाे छ । म्याग्दी हाइड्रो पावर कम्पनीले २०७५ सालदेखि निर्माण सुरु गरेको आयोजनाको काम सकिएकाे हो ।

अहिले आयाेजनाकाे अन्तिम चरणकाे बाँकी काम भइरहेकाे आयोजना प्रमुख विनोद देवकोटाले बताए । ‘आयोजनाको काम ९९.५ प्रतिशत सम्पन्न भएको छ’,  उनले ऊर्जा खबरसँग भने, ‘बाँकी काम एक साताभित्र पूरा गरी उत्पादन परीक्षण सुरु गर्ने याेजना छ ।’

आयोजनाको बाँध, विद्युतगृह र सुरुङको सिभिल संरचनाको काम पुरा गरी मुख्य उपकरण जडानको काम समेत सकिएकाे कम्पनीले जनाएको छ । आयोजनाबाट उत्पादीत विद्युत प्रवाह हुने ३३ केभी प्रसारण लाइनकाे अन्तिम चरणकाे काम भइरहेकाे छ । लाइन ८ किलाेमिटर लामाे छ । सबस्टेसनमा ट्रान्सफर्मर जडान गर्ने काम पनि भइरहेको छ ।

आयोजनाको सम्पूर्ण काम पूरा गरी एक सातापछि उत्पादन परीक्षण सुरु गर्ने जनाइएको छ । आयोजनाबाट उत्पादन हुने विद्युत ८ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको दाना सबस्टेनमा जोडिनेछ । 

४ वर्ष अघिदेखि निर्माण सुरु भएको आयोजनाबाट यसअघि नै विद्युत उत्पादन सुरु गर्ने तालिका थियो । तर, भौगोलिक विकटता, कोरोनाको जोखिम, युक्रेन र रसियाको युद्धले इलोक्ट्रोमेकानिकल उपकरण आयातमा प्रभावलगायत विविध कारणले तालिका सरेको देवकोटाले बताए । पछिल्लो तालिका अनुसार आयोजनाबाट २०८० जेठिभित्र विद्युत उत्पादन गर्नुपर्नेछ ।

आयोजना सम्पन्न गर्न २ अर्ब ४२ करोड रुपैया लागत अनुमान गरिएको छ । आयोजनामा ७० प्रतिशत ऋण लगानी छ । बाँकी ३० प्रतिशत स्वपुँजी लगानी रहेको छ ।

आयोजनाको थप विवरण

जिल्ला : म्याग्दी

क्षमता : १४ मेगावाट

निर्माण सुरु भएको मिति : २०७५ साल

पाइपालाइन : १२०० मिटर

सुरुङ : ३५०० मिटर

उत्पादन लक्ष्य : २०८० जेठभित्र

विद्युत जोडिने विन्दु : दाना सबस्टेसन

प्रसारण लाइन : ३३ केभी, ८ किलोमिटर

अनुमानित लागत :  २ अर्ब ४२ करोड रुपैयाँ

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३