विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ मङ्सिर ९, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको वडा नम्बर २ र ३ मा निर्माण हुने ५० मेगावाट बढी क्षमताका दुई जलविद्युत आयोजनामा ७ बैंक तथा वित्तिय संस्थाहरूले लगानी गर्ने भएका छन् । ३५.४७ मेगावाटको ब्रम्हायणी र १५.१५ मेगावाटको माथिल्लाे ब्रम्हायणी जलविद्युत आयोजनाका उक्त बैंक तथा वित्तिय संस्थाले ऋण लगानी गर्ने भएका हुन् ।

इन्टिग्रेटेड हाइड्रो फण्ड नेपाल प्रालिले निर्माण गर्ने दुवै आयोजनामा सानिमा, सिद्धार्थ, कुमारी, लक्ष्मी, प्रभु बैंक, हाडड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभेलपमेन्ट कम्पनी (एचआइडीसीएल) र मञ्जुश्री फाइनान्सले ऋण लगानी गर्ने भएका छन् । ति बैंक तथा वित्तीय संस्था र इन्टिग्रेटेड हाइड्रो फण्ड नेपालबीच लगानी सम्झौतासम्बन्धि सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा कम्पनीका तर्फबाट अध्यक्ष भरतप्रसाद पराजुली र बैंक तथा वित्तीय संस्थाका तर्फबाट ऋण लगानीमा अगुवाई गर्ने सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले हस्ताक्षर गरे ।

सम्झौताअनुसार ब्रम्हायणी आयोजनामा सानिमाले २४.७८, सिद्धार्थले १८.५८, कुमारीले १५.०४, लक्ष्मीले १४.१६, प्रभुले १०.६२ र मञ्जुश्री फाइनान्सले ३.५४ प्रतिशत ऋण लगानी गर्नेछन् । यो आयोजनामा हाडड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभेलपमेन्ट कम्पनी (एचआइडीसीएल) ले ८.८५ प्रतिशत लगानी गर्नेछ ।

त्यस्तै, अप्पर ब्रम्हायणी आयोजनामा सानिमाले २४.७०, सिद्धार्थले २९.२९, कुमारीले १२.५५, लक्ष्मीले १२.५५ प्रभुले ८.३७ र मञ्जुश्री फाइनान्सले १.१८ प्रतिशत ऋण लगानी गर्नेछन् ।

ब्रम्हायणीका लागि ७ अर्ब ३४ करोड १ लाख १६ हजार रुपैयाँ र अपर ब्रम्हायणीका लागि ३ अर्ब १२ करोड ४१ लाख ६२ हजार रुपैयाँ लगानी अनुमान गरिएको छ । दुबै आयोजनामा बैंक तथा वित्तीय संस्थाले ७५ र प्रतिशत सेयरधनी प्रवर्द्धकले २५ प्रतिशत लगानी हुनेछ ।

हाल आयोजनास्थल पुग्ने पहुँचमार्ग निर्माणको काम भइरहेको छ । आयोजनाको सबै काम पूरा गरेर २०८२ कात्तिकभित्र विद्युत उत्पादन गर्नेे लक्ष्य राखिएको पराजुलीले बताए । दुबै आयोजनाबाट उत्पादित विद्युत जुगल गाउँपालिकामा निर्माणाधीन पाङताङ सबस्टेसनमा जोडिनेछ ।

आयोजनाको निर्माण पूरा भएपछि जुगल गाउँपालिकाका अति विकट क्षेत्रको रुपमा परिचित तेम्बाथान, तेगा, दीपु र साङलिङलगायत ठाउँका स्थानीयको जीवनस्तरमा सुधार हुने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३