विद्युत अपडेट

  • प्राधिकरण : ५२४८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५९१० मे.वा.घन्टा
  • निजी क्षेत्र : १६८३८ मे.वा.घन्टा
  • आयात : ८९७७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १२० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७०९३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०८३ मे.वा.
२०८२ चैत ६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले ११ केभी वितरण लाइनमा क्षति पुर्याउँदा भरतपुर क्षेत्रको विद्युत सेवा अवरुद्व भएको छ । नारायणगढ–मुग्लिन सडकखण्डको केरावारी मौरीपुल नजिकै पहिरो खस्ता वितरण लाइन क्षतिग्रस्त भएको हो ।

लाइन क्षतिग्रस्त हुँदा भरतपुर महानगरपालिकाको भोर्ले चौकीडाडा, ईच्छाकामना गाउँपालिकाको दाहखानी र गाईघाट गाउँपालिकाको आमडाडा सिन्चाङ्ग क्षेत्रको विद्युत सेवा बन्द भएको नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्र प्रमुख राजिव सिंहले बताए । ‘अहिले पनि पहिरो खस्ने क्रम जारी रहेकोले लाइन मर्मतको काम गर्न सकिएको छैन्,’ उनले भने, ‘पहिरो रोकिने वित्तिकै लाइन मर्मत गरेर सेवा सूचारु गरिनेछ ।’

पहिरोले गर्दा मुग्लिन क्षेत्रको करिब ५० केभिएको १२ ट्रान्सफर्मरमा क्षति पुगेको पनि सिंहले बताए । सेवा बन्द हुँदा यी लाइनबाट वितरण हुने सम्पूर्ण क्षेत्र प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३