विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । विद्युत् विकास विभागको महानिर्देशकमा जिबछ मण्डल नियुक्त भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट सोमबार (२२ माघमा) उनलाई उक्त जिम्मेवारी तोकिएको हो ।

यसअघि महानिर्देशक रहेका चिरञ्जीवी चटौतलाई मन्त्रालयमा सरुवा गरी विभागकै उपमहानिर्देशक मण्डललाई जिम्मेवारी तोकिएको हो । २०५३ साल मंसिरमा विभागको इन्जिनियरबाट सरकारी सेवा प्रवेश गरेका उनी २०७१ साल माघमा सहसचिवमा बढुवा भएका थिए । विभागको जिम्मेवारीमा प्रवेश गर्नुपूर्व मण्डलले १ वर्ष जनकपुर चुरोट कारखानामा इलेक्ट्रिकल सेक्सन इन्चार्ज र पश्चिमाञ्चल क्षेत्रीय क्याम्पस पोखरामा इलेक्ट्रिकल इन्जिनियरिङ विभाग अन्तर्गत उप–प्राध्यापक भएर जिम्मेवारी पूरा गरेका थिए ।

मण्डलले कोलम्बो प्लान अन्तर्गत अलिगड मुस्लिम विश्वविद्यालयबाट इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक र रुड्की विश्वविद्यालयबाट जलविद्युत् तथा व्यवस्थापनमा स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरेका छन् ।

यसैगरी, मन्त्रालयले सिडिई मीनराज ढकाल, बाबुराज अधिकारी, सागरराज गौतम, शंकरबहादुर थापा र राजेन्द्रप्रसाद शर्मालाई सहसचिवमा बढुवा तथा पदस्थापन गरेको छ।

अधिकारी मन्त्रालय, गौतम लगानी बोर्ड र अन्य ३ सिडिई जलस्रोत तथा सिँचाइ विभागमा कार्यरत थिए । बढुवापछि अधिकारीलाई लगानी बोर्ड, गौतमलाई विद्युत् नियमन आयोग तथा ढकाल, थापा र शर्मालाई क्रमशः प्राथमिकता प्राप्त आयोजना, कर्णाली बेसिन आयोजना र नौमुरे आयोजनाकाे प्रमुखको जिम्मेवारी तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit