विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका सहायक प्रबन्धक सागरमणी ज्ञवालीले नेपालमा विद्युतीय सवारी प्रवद्र्धन र चार्जिङ स्टेसन निर्माण गर्न २७० करोड रुपैयाँ लगानी आवश्यक पर्ने बताए । सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपाल (सिन) को २८औं वार्षिकोत्सव समारोहमा आयोजित ‘नेपाल विद्युतीय सवारीको संभावना, चुनौती र अवसर’ विषयक कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

नेपालमा पेट्रोलियम सवारीको विस्थापित गरी विद्युत सवारी प्रवद्र्धनका लागि करिब ७४० वटा चार्जिङ स्टेसन निर्माण गर्नुपर्ने ज्ञवालीले बताए । ‘विद्युतीय सवारीमात्र सञ्चालन गर्ने हो भने २० वटा र्यापिट चार्जिङ स्टेसन, १०० वटा फास्ट चार्जिङ स्टेसन पिपिपि मोडलमा निर्माण गर्नुपर्छ’, उनले भने, ‘५०० वटा स्लो मोलेट्री, २० वटा फिक्स र १०० वटा डिसी चार्जिङ स्टेसन निर्माण गर्नुपर्छ ।’

अहिले प्राधिकरणले निर्माण गरेको ५१ मध्ये ३५ वटा चार्जिङ स्टेसन सञ्चालनमा आइसकेको पनि ज्ञवालीले जानकारी दिए । स्टेसनमा सबै प्रकारका ४ पाङग्रे सवारी चार्ज गर्न मिल्ने बताए । उनले अहिले साझा र सुन्दर यातायातका सार्वजनिक विद्युतीय गाडी चार्ज हुने गरेको बताए । उनले सवारी चार्ज गर्न लैजानु पूर्व प्राधिकरणले बनाएका चार्जिङ स्टेसनबारेको सबै जानकारी मोबाइल एपबाटै प्राप्त गर्न सकिने बताए ।

प्राधिकरणले देशभरका विभिन्न स्थानमा तीव्र गतिका चार्जिङ स्टेसन निर्माण गरेपछि अहिले निजी क्षेत्रले पनि १ सय भन्दा बढी चार्जिङ स्टेसन बनाइसकेका छन् । प्राधिकरणका लागि निजी क्षेत्रले निर्माण गर्ने चार्जिङ स्टेसनका लागि विद्युतीय पूर्वाधार बनाइदिँदा लागत महंगो पर्ने भए पनि विद्युतीय सवारी प्रवर्द्धन गरी आन्तरिक विद्युत खपत बढाउन यस्तो कदम चालिरहेको बताए ।

हालसम्म ४५ नीजि क्षेत्रले स्टेसन राख्न निवेदन दिइसकेको जानकारी दिँदै अबको अवधारणा चार्जिङ स्टसन अघिअघि विद्युतीय सवारी पछिपछि भन्ने रहेको बताए  । अहिले करिब १५ हजार किलोमिटर सडक सञ्जालमा विद्युतीय सवारी चलीरहेका छन् । विद्युतीय बस भने ६५०० किलोमिटरका २५ रुटहरूमा चल्न सक्ने पहिचान भएको बताए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit