विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडले प्रवर्द्धन गरेको १४.८ मेगावाटको माथिल्लो साञ्जेन जलविद्युत् केन्द्रको उत्पादन ठप्प भएको छ । बिहीबार रातीदेखि आएको अविरल वर्षाका कारण बाढी, पहिरो तथा कटानका कारण आयोजनाको विद्युत् प्रसारण गर्ने ११ केभी डबल सर्किट प्रसारण लाइनमा क्षति पुग्दा केन्द्रको उत्पादन शनिबार बिहान ९ बजेदेदखि ठप्प हुन पुगेको हो । 

आयोजनाकै लागि भनेर निर्माण भइरहेको २२० केभी चिलिमे–त्रिशूली प्रसारण लाइनको निर्माणमा ढिलाई भएका कारण ११ केभी डबल सर्किट वैकल्पिक लाइनमार्फत आयोजनाको विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएको थियो । गत वर्षको असोजदेखि आयोजनाले व्यावसायिक उत्पादन गर्दै आएको थियो । 

केन्द्रको बिजुली उत्पादन ठप्प हुँदा दैनिक करिब १० लाख रुपैयाँको क्षति भइरहेको प्रवर्द्धक कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अर्पणबहादुर सिंहले बताए । प्रसारण लाइनका १६ वटा पोल मध्ये अधिकांशमा क्षति पुगेको छ । 

‘प्रसारण लाइनको ममर्त सम्भार गरी सञ्चालनमा ल्याउन करिब १० दिन लाग्ने देखिएको छ,’ उनले भने, ‘यो अवधिमा करिब एक करोड रुपैयाँको क्षति हुने भएको छ ।’

त्यस्तै, आयोजनाको प्रसारण लाइनमा जडान भएका स्टिल ट्युब्लर पोल तथा तारसमेत फेर्नुपर्ने हुन सक्ने भएकोले प्रसारण लाइन सञ्चालनमा ल्याउन थप २५ लाखदेखि ३० लाख रुपैयाँ लगानी गर्नुपर्ने देखिएको उनको भनाइ छ ।  

यही कम्पनीले निर्माण गरिरहेको ४२.५ मेगावाटको सान्जेन जलविद्युत् आयोजनाले प्रसारण लाइनको अभावकै कारण हालसम्म विद्युत् उत्पादन गर्न सकेको छैन । 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३