विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । १३२ केभी समुन्द्रटार–त्रिशूली प्रसारण लाइन शनिबारदेखि औपचारिकरूपमा सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेपछि २६ किलोमिटर लामो डबल सर्किट प्रसारण लाइन औपचारिकरूपमा सञ्चालनमा आएको हो ।

प्रधानमन्त्री ओलीले मध्यान्ह १२ बजेपछि नुवाकोटमा निर्माण सम्पन्न प्रसारण लाइन तथा सबस्टेसनको भर्चुअल माध्यमबाट बालुवाटारदेखि उद्घाटन गरेका हुन् । यो प्रसारण लाइनमा प्रवाह हुने गरी निजी लगानीमा तादी खोलामा ६० मेगावाटका १० जलविद्युत आयोजा निर्माणको विभिन्न चरणमा छन् । 

नेपाल विद्युत प्राधिकरणले यी जलविद्युत आयोजनाको विद्युत प्रवाह गर्न जिल्लाको तुप्चेश्वर गाउँपालिकामा १३२/३३ केभी समुन्द्रटार सबस्टेसन र २६ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरेको हो । प्रसारण लाइन अन्तर्गत ८४ वटा टावर निर्माण गरिएको छ । 

२६ किलोमिटर प्रसारण लायनमध्ये ३ किलोमिटर खण्ड मल्टिसर्किट छ । जसमध्ये २ सर्किट लाइन निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनाले उपयोग गर्ने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत प्रसारण लाइन निर्माण गर्न २०७३ मंसिर १३ गते ठेक्का सम्झौता भएको थियो । निर्माण सुरु भएको साढे ४ वर्षमा प्रसारण लाइन सम्पन्न भई सञ्चालनमा आएको हो । प्राधिकरणले गत असार १० गतेदेखि नै अनौपचारिकरूपमा प्रसारण लाइन सञ्चालनमा ल्याएको थियो । 

प्रसारण लाइन तथा सबस्टेसन आयोजनामा सरकार, एसियाली विकास बैंक (एडिबी) र युरोपेली लगानी बैंकको संयुक्त लगानी छ । कूल १ अर्ब ५५ करोड रुपैयाँ लागतमा प्रसारण लाइन तथा सबस्टेसनको निर्माण पूरा भएको प्राधिकरणले जनाएको छ ।

समुन्द्रटार सबस्टेसनको क्षमता १३२/३३ केभी छ । सबस्टेसनमा ३० एमभिए क्षमताका २ वटा पावर ट्रान्सफर्मर राखिएको छ । ३३/११ केभीमा ८ एमभीए क्षमताका २ वटा पावर ट्रान्सफर्मर राखेर सञ्चालन गरिएको छ । अत्याधुनिक सबस्टेसन स्वचालित छ ।

सबस्टेसनतर्फ ३३ रोपनी तथा प्रसारण लाइनको टावर ठड्याउन २१ रोपनी र तारमुनि ९ सय ४८ रोपनी जग्गा उपयोग भएको प्राधिकरणले जानकारी दिएको छ । प्रसारण लाइनको रुट पर्ने क्षेत्रमा संरचना निर्माण गर्दा १३ सय ८८ वटा रुख बिरुटा कटान गरिएको थियो ।  

प्रसारण लाइन सञ्चालनमा आएपछि २७० मेगावाट विद्युत प्रवाह गर्ने संरचना तयार भएको छ । यो प्रसारण लाइन २०७७ बैशाखदेखि नै सञ्चालनमा ल्याउने गरी काम भइरहेको थियो । यसबीचमा कोरोना (कोभिड–१९) महामारीका कारण लगाइएको लकडाउनले लामो समय निर्माण रोकिँदा १ वर्ष धकेलिन पुगेको प्राधिकरणले जनाएको छ ।

प्रसारण लाइन निर्माणका क्रममा स्थानीय अवरोधका कारण पनि केही समय काम प्रभावित हुन पुगेको थियो । स्थानीय समस्या समाधान गरेर निर्माण सुचारु गरिएको थियो । प्राधिकरणले त्रिशूली, रसुवा र नुवाकोटमा निर्माणाधीन जलविद्युत आयोजनाको विद्युत प्रवाह गर्न यो प्रसारण लाइन निर्माण गरको हो । चीनको इटिइआरएन सिसिसिई एफइपिइसी जेभीले प्रसारण लाइन निर्माण गरेको हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit