विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ मङ्सिर ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावरद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाको निर्माण सुचारू भएकाे छ । सुरुङ निर्माण रोकेर आन्दोलनमा उत्रिएका मजदुर र निर्माण ठेकेदार कम्पनीका प्रतिनिधिहरूबीच शुक्रबार भएको छलफलमा समयमै पारिश्रमिक दिने प्रतिबद्धता भएपछि शनिबारदेखि निर्माण कार्य सुचारू भएकाे हाे ।

सिभिल निर्माणकाे भारतीय ठेकेदार कम्पनी जयप्रकाश एसोसियट्सका मजदुरले समयमा पारिश्रमिक नपाउँदा म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत्‌को बाँध, सुरुङ र विद्युत् गृह निर्माण कार्य सुस्ताएकाे थियाे । जेपीका वरिष्ठ व्यवस्थापक राम सिंहका अनुसार आयाेजनामा जेपीका करिब ७०० जना मजदुर कार्यरत छन् ।

हरेक महिनाको तलब अर्को महिनाको १५ तरिकमा दिने गरेको थियो । यस पटक १ महिनाको तलब भुक्तानी गर्न ढिलाइ भएकाले मजदुरले आन्दाेलन शुरू गरेका थिए । शुक्रबार जुलाई महिनाको तलब भुक्तानी गरिएको र अगस्त महिनाको आगामी २० तारिकभित्र पारिश्रमिक भुक्तानी गर्ने सहमति भएपछि आन्दोलन फिर्ता गरेर मजदुरहरू काममा फर्किएको व्यवस्थापक सिंहले बताए । 

नेपाल विद्युत् प्राधिकरणका तर्फबाट आयोजना प्रमुख राजबहादुर बिष्टले सिभिल ठेकेदारका मजदुरहरूको आन्दोलनका कारण निर्माण कार्य प्रभावित बनेको बताए । ‘केही महिनायता सिभिल ठेकेदार जेपीका मजदुरहरूले काम छोडेर जाने र भएकाले पनि कार्यस्थलमा ताला लगाएर आन्दोलन गरेका छन्’, उनले भने, ‘आयोजनाका तर्फबाट भुक्तानीमा समस्या छैन ।’

निर्माण कम्पनीको आन्तरिक समस्याका कारण मजदुर तथा कर्मचारीहरूले समयमा ज्याला पाउन नसकेको आयोजना प्रमुख बिष्टले बताए । 

भारतीय आयात–निर्यात (एक्जिम) बैङ्कको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण भइरहेको आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसिएट्ससँग २०७४ मङ्सिरमा सम्झौता भएको थियो । 

गत साउन १५ गते जोडिएको ६ हजार २७० मिटर लामो सुरुङलाई कङ्क्रिट र विद्युत् गृहको पूर्वाधार निर्माणको काम भइरहेको छ । बाँध निर्माण स्थलमा बाढी आएर थुप्रिएकाले असारयता निर्माण भएको छैन । ठेक्काको ४५ महिनाको अवधिमा कोरोना महामारी, बाढी र पहिरोका कारण काम सम्पन्न हुन नसकेपछि ३० महिना म्याद थपिएको छ । 

सिभिलतर्फको समग्रमा भौतिक प्रगति करिब ६० प्रतिशत रहेको आयोजना प्रमुख विष्टले बताए । विसं २०७६ कात्तिकमा ठेक्का सम्झौता गरेको इलेक्ट्रिकल ठेकेदार भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले भारतमा निर्माण गरेका उपकरणको परीक्षण गरी आयातको प्रक्रिया अघि बढाएको छ । इलेक्ट्रोमेकानिकलतर्फको २५ प्रतिशत भौतिक प्रगति भएको छ । 

कमजोर आर्थिक अवस्थाका कारण २०७२ मा पुरानो ठेकेदार आईभीआरसीएलसँगको ठेक्का तोडेर कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (ईपीसी) प्रारुपमा राहुघाट जलबिद्युत आयोजना निर्माण अघि बढाइएको थियो ।

पहिलो कार्यतालिका र सम्झौताअनुसार आयोजना विसं २०७० मा सकिनुपर्ने थियो । पहिले ३२ मेगावाटमा डिजाइन गरिएकामा पछि ८ मेगावाट बढाएर ४० मेगावाट पुर्‍याइएको हो । 

रघुगङ्गा गाउँपालिका–४ दग्नाम र ५ नम्बर वडा झिँको सिमानामा १७ मिटर अग्लो र ३१ मिटर लामो अर्धजलाशययुक्त (पीआरओआर) प्रविधिको बाँध र तिल्केनीचौरमा विद्युत्‌गृहको संरचना निर्माण भइरहेको छ ।

बेनी–जोमसोम–कोरला सडकको घुमाउनेतालदेखि ११ किलोमिटर पहुँचमार्ग र १ वटा ट्रस प्रविधिको मोटर चल्ने पुल निर्माण गरी विद्युत्‌गृह र बाँधलाई सिधा सडकले जोडिएको छ ।

आगामी साउनभित्र राहुघाटको परीक्षण उत्पादन गर्ने लक्ष्य राखिए पनि सिभिल ठेकेदार कम्पनीमा देखिएको आर्थिक संकट चुनौती बनेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३