विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । निर्माण पूरा भई सञ्चालनमा नआउँदै १३२ केभी दोर्दी कोरिडोर प्रसारण लाइनका ४ वटा टावर बाढीले बगाएको छ । असार सुरु भए यता भइरहेको अविरल वर्षासँगै दोर्दी खोलामा आएको बाढीले प्रसारण लाइनका टावर बगाएको हो ।

सञ्चालनमा आउने तयारीमा रहेको प्रसारण लाइनका टावर ढलेर नदीमा बिलिन भएको आयोजना प्रमुख रमेश पौडेलले बताए । ‘प्रसारण लाइनको टावर खडा गरेर तार तान्ने सबै काम सकिएको थियो,’ उनले ऊर्जा खबरसँग भने, ‘दोर्दी खोलाको बाढीले सबै ध्वस्त पारिदियो ।’ 

उनका अनुसार बाढीले प्रसारण लाइनको टावर नम्बर एपि ८ए१, एपि ११, एपि ११/१ र एपि १३/२ बगाएको छ । खोला किनारमा रहेका ७ वटा टावर ठल्ने उच्च जोखिममा पुगेका छन् ।

प्रसारण लाइन पूरा गरे पनि बाढीले आधा काम थपिदिएको उनले बताए । ‘काम त सबै सकिएको हो । बाढीले जस्ताको त्यस्तै बनाइदियो । के गर्ने’ उनले भने । क्षतिग्रस्त प्रसारण लाइनको पुनर्निर्माण गरी सञ्चालनमा ल्याउन समय लाग्ने देखिएको छ ।

बाढीले प्रसारण लाइनको संरचनाको क्षति पुर्याएपछि यसको प्रत्यक्ष प्रभाव दोर्दी कोरिडोरमा निर्माणाधीन जलविद्युत आयोजनामा परेको छ । प्रसारण लाइन समस्याकै कारण विद्युत उत्पादन प्रभावित हुँदै आएका दोर्दी बेसिनका जलविद्युत आयोजना थप पछि धकेलिने देखिएको छ ।

दोर्दी कोरिडोर प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने गरी दोर्दी बेसिनमा २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, २७ मेगावाटको दोर्दी खोला, १२ मेगावाटको दोर्दी–१ र ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ जलविद्युत आयोजना निर्माणाधीन छन् । 

यी मध्ये माथिल्लो दोर्दी ‘ए’ विद्युत उत्पादनको चरणमा पुगिसकेका छन् । दोर्दी–१ र सुपर दोर्दी ‘ख’ पनि निर्माणको अन्तिम चरणमा छन् । 
 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३