विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रसुवा जिल्लामा २२.१ मेगावाटको जलविद्युत आयोजना निर्माण गरी सञ्चालन गरिरहेको चिलिमे हाइड्रो पावर कम्पनी लिमिटेडले जलविद्युत केन्द्रको विद्युत बिक्री गरी ८० करोड भन्दा बढी  आम्दानी गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार आर्थिक वर्ष (आव) २०७९/८० को तेस्रो त्रैमासमा विद्युत बिक्रीबाट सो आम्दानी गरेको हो । 

कम्पनीले आवको साउनदेखि चैतसम्ममा जलविद्युत केन्द्रको विद्युत बिक्री गरी ८० करोड ४२ लाख ४६ हजार रुपैयाँ आम्दानी गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार गत वर्षको तुलनामा विद्युत बिक्रीबाट भएको आम्दानी घटेको हो । गत वर्ष यही समयअवधिमा ८२ करोड ३४ लाख ३५ हजार रुपैयाँ आम्दानी गरेको थियो । 

कम्पनीको आम्दानी घटेपनि खुद नाफा भने बढेको देखिएको छ । कम्पनीले यो अवधिमा ५२ करोड ८९ लाख ८३ हजार खुद नाफा कामाएको सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ । गत वर्ष यही समयअवधिमा  ५२ करोड २० लाख रुपैयाँ मात्र नाफा कमाएको थियो । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit